टनकपुर, कालापानी,लिम्पियाधुरा हाम्रै हो : पत्रकार आचार्य (गजल)

काठमाडौं :- टनकपुर, कालापानी,लिम्पियाधुरा हाम्रै हो ।
आँखा नला जानी जानी,लिम्पियाधुरा हाम्रै हो ।।
सिमा मिच्ने सँधियार, हुनु होसियार ।
नत्र ढाल्छौ छानी छानी, लिम्पियाधुरा हाम्रै हो ।।
पुर्वी टिष्टा र पश्चिमी, काँगडा घिच्यौ ।
साँध मिच्ने छोड्दे बानी, लिम्पियाधुरा हाम्रै हो ।।
त्यो दशगजा परै बस, आफ्नै भूमीमा ।
नटेक् यता आफ्नो ठानी,लिम्पियाधुरा हाम्रै हो ।
अङ्ग्रेज नि भागेका थे,हामीलाई देखेर ।
त्यहीँ वीरता देखाउँलानी, लिम्पियाधुरा हाम्रै हो ।।

प्रतिक्रिया दिनुहोस