आइतबार ४२१ जनामा कोरोना पुष्टि, १ को मृत्यु

काठमाडौं :- पछिल्लो २४ घण्टामा कोरोना भाईरस संक्रमितको संख्या ४२१ पुगेको छ ।

साथै गुल्मीका ६९ वर्षिय १ पुरुषको मृत्यु समेत भएको छ । मृतक पुरुष जेठ २५ गते भारतबाट आई घरमै क्वारेन्टिनमा बसेका थिए । गत असार ५ गते उनको मृत्यु भएपछि स्वाब परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आइतबार कोरोना संक्रमणबाट निको भई १ सय ९४ जना घर फर्किएका छन् ।

आइतबारसम्म कोरोना संक्रमितको कुल स‌ंख्या ९ हजार २६ पुगेको छ भने निको हुनेको संख्या १ हजार ७ सय ७२ जना पुगेको छ । त्यस्तै मृत्यु भएका २३ जनामा कोरोना पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस