समाजिक अभियान्ता भुसालले गरे परियारको घर शिलान्यास

काठमाडौं :- भरतपुरमहानगर पलिका वडान ६ स्थित नहरचोक मा नरबहादुर परियारको बिपन्न्ता देखेर सामाजिक अभियान्ता अर्जुन भुसालले घर बनाइदिने प्रतिबद्धता गर्दै शिलान्यास गर्नु भएको छ। बाटो र नहर बिचको ऐलेनि जग्गामा ११ बर्ष देखि यसरीनै बस्दै आउनु भएका नरबहादुर परियारको गत मन्सिरमा आफ्नो जिबन संगीनीले सदाका लागि सन्सारबाट छोडेर गए पछि एक्लो बनेको उनको गाँस र बासको कुनै टुङो थियन।

निकै गार्हो तरिकाले जिबन गुजारिरहनु भएको परियारको सो खबर एक जना शुभचिन्तक साथीमार्फत अर्जुन भुसाल समक्ष पुगेको र वस्तु स्थिति बुज्दा मनै रुवाउने कारुणिक दृष्य देखी उहा लगायत स्थानीयको अनुमतिमा भिडियाे पोस्ट गरेको र पोस्ट गर्न साथ सहयोगी मनहरु बाट सहयोग जुट्न र सहयोगको प्रतिबद्धता आउन शुरु भए पछि एउटा राम्रो घर बनाइ नर बहादुर परियारलाई दुइ हप्तामा घर हस्तान्तरण गरिदिने बताउनु भयो।

प्रतिक्रिया दिनुहोस