प्रधानमन्त्रीको अभिव्यक्तिलाई उडाउनेहरू पटमुर्ख,स्वाँठ र मानसिक रोगी हुन : नेता पाैडेल

काठमाडाैँ :- नेकपाका नेता अनन्त पाैडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई उडाउनेहरू मानसिक रोगी भएको बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा कडा स्टाटर्स लेख्दै नेता पाैडेलले उक्त कुरा बताउनु भएको हो ।

नेता पौडेलले आफ्नो परिवारले कोरोना संक्रमण झेलेको भन्दै प्रधानमन्त्रीले दिएको अभिव्यक्ती महत्वपूर्ण रहेको बताउनु भएको छ . ऊहाले उच्च मनोबल, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधीय गुणका खानपान, तातोपानी, र बाफको सेवन र नियमित सरसफाई नै कोरोनाको उपचार रहेको समेत बताउनु भएको छ ।

पाैडेलको फेसबुकको स्टाटर्स’ सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको सन्दर्भमा अभिव्यक्त बिचारहरुलाई उडाउने ए पटमूर्ख स्वाठहरु मैले र मेरो परिवारले झेलेको छ कोरोनाको संक्रमण। ऊच्च मनोबल , रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधीय गुणका खानपान , तातोपानी र बाफको सेवन र नियमीत सरसफाई नै कोरोनाको उपचार हो । कुनै भ्याक्सिन र औषधी नबनेको अवस्थामा आफ्ना नागरिकहरुलाई कोरोना बाट बच्न प्रधानमन्त्रीले उपायहरु सुझाउदा उफ्रने मानशिक रोगीहरुलाई कोरोना संक्रमण नहोस भन्ने शुभेच्छा प्रकट गर्दछु ।’

प्रतिक्रिया दिनुहोस