प्युठानमा थप १८ जनामा कोरोना पुष्टि

काठमाडौं :- प्युठानमा थप १८ जनालाई कोराना भाइरस संक्रमण भएको छ । यो सँगै प्युठानमा कोरोना संक्रमितको संख्या ७३ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला काठमाडौंमा गरिएको परीक्षणमा २२ देखि ४४ वर्षका १८ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

संक्रमितमध्ये नौबहिनी गाउँपालिकाका ३ जना, प्युठान नगरपालिकाका ४ जना, माण्डवी गाउँपालिका ९ जना र स्वर्गद्वारी नगरपालिकाका २ जना छन् । उनीहरु भारतका विभिन्न स्थानबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेका थिए ।

 

प्रतिक्रिया दिनुहोस