आधारभुत स्वास्थ्य केन्द्रको पक्की भवन बन्दै

काठमाडौं :-  गङगादेव गाउपालिका रोल्पामा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १ करोड १६ लाख ६० हजार ७४० बजेटमा ३ वटा आधारभुत स्वास्थ्य केन्द्रका पक्की भवन निर्माण हुने भएका छ्न । गङगादेव गाउपालिका वडा नम्बर५ को आधारभुत स्वास्थ्य केन्द्र रहेको लोदचवरमा ३८ लाख ८६ हजार ९२० लागतमा उपभोक्त समिति मार्फत निर्माण कार्य सुरु गरिएको छ । गङगादेव गाउपालिका प्राबिधिक शाखाले २ तला ,२ वटा सौचालय सहित ६ कोठाको स्टेमेट गरेको इन्जिनियर नवीन डागिले बताउनु भएको छ । उक्त भवन निर्माण गर्दा उपभोक्तले १०% श्रम दान गर्नु पर्ने छ ।

त्यसै गरि गङगादेव गाउपालिका वडा नम्बर ६ को आधारभूत स्वास्थ्य केन्द्र गोर्जलेमा ३८लाख ८६ हजार ९२० लागत आधारभुत स्वास्थ्य केन्द्रको पक्की भवन निर्माण कार्य सुरु गरिएको छ ।उक्त भवनको २ तला ,२ सौचालय सहित ६ कोठाको स्टेमेट गरिएको छ । यसै बिच गङगादेव गाउपालिका वडा नम्बर ३को आधारभुत स्वास्थ्य केन्द्र कुकुर गारेमा पनि ३८लाख ८६ हजार ९२० लागतमा स्वास्थ्य केन्द्रको पक्की भवन निर्माण कार्य छिटै सुरु हुने वडा नम्बर ३ का अध्यक्ष जलेश कुमार केसिले बताउनु भएको छ ।

गङगादेव गाउपालिका रोल्पाले आर्थिक बर्ष ०६७/०७७ मा घर भाडामा लिएर वडा नम्बर ५ लोद चवर , वडा नम्बर ६ को गोर्जलेखोला र वडा नम्बरको कुकुर गारेमा आधारभुत स्वास्थ्य केन्द्रको स्थापना गरेर नियमित सेवा पर्वाह गर्दै आएको छ । घर भाडामा लिएर स्थापना गरिएका ३ वटै आधारभुत स्वास्थ्य केन्द्रका पक्की भवनको गाउकार्यपालिकाको निर्णय अनुसार उपभोक्ता समिति मार्फत काम गराउने गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीले बताउनु भएको छ।

उक्त पक्की भवन निर्माणको भुक्तानी काम प्रगति बिवरणको आधारमा गरिने गाउपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत सक्कल देव यादवलाई उद्दृत गर्दै गाउपालिका प्रेस सयोजक अशोक वली परिवर्तनले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस