राष्ट्रिय युवा संघ दाङद्वारा तुलसीपुरको मदन आश्रीत चोकमा दिप प्रज्वलन (फोटो फिचर)

दाङ :- लिपुलेक लिम्पियाधुरा र कालापानी सहितको नेपालको नक्सा संसद बाट सर्बसम्मत पारित भएको अबसरमा रास्ट्रिय युवा संघ दाङले तुलसीपुरको मदन आश्रीत चोकमा दिप प्रज्वलन कार्यक्रम गरेको छ । दाङ संयोजक देबु बस्नेतको अध्यक्षता एबम दङ्गाली कम्युनिस्टका पुराना नेता शोभाराम बस्नेतको प्रमुख आतिथियतामा उक्त कार्यक्रम गरिएको थियोे ।

त्यस अबसरमा सरकारको यो कार्य सराहनिय रहेको बताईयकाे थियो ।कार्यक्रममा नेकपा कार्यदल सदस्य हुकुम बस्नेत ,नेकपा दाङजिल्ला सचिबालय सदस्य मान बहादुर रावत ,मनोहर बुढाथोकी लगायतको कार्यक्रममा उपस्थिति रहेको थियोे भने कार्यक्रमको सन्चालन युवा संघ दाङका सह समयोजक माधब बुढाथोकीले गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस