नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो, शुक्रबार एकै दिन ४४८ जनामा संक्रमण पुष्टि

काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार पुष्टि भएको कोरोना सं‌क्रमितको संख्या नेपालमा २४ घण्टाभित्र देखिएको सबैभन्दा बढी हो ।

स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार हालसम्म ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमा ७ सय ८६ जना पुरुष र ९१ जना महिला छन् ।

प्रतिक्रिया दिनुहोस