सिरिन ट्राभन्सद्वारा जापानको तीन वटा चार्टर उडान सम्पन्न

काठमाडौं :-  दरबारमार्गमा रहेको सिरिन ट्राभन्स प्रा लि ले जापानको नारिताको लागि तीन वटा चार्टर उडान सम्पन्न गरेको छ यही जुलाई ४ तारिकका दिन पहिलो उडान गरेको उक्त कम्पनिले जुलाई ७ र ११ तारिक गरी तीन वटा चार्टर उडान सम्पन्न गरेको हो नेपाल एअरलाइन्स तथा जापानी दुताबास को सहकार्यमा चार्टर उडान गरिएको हो।

जापानमा अध्ययनरत विद्यार्थी त्यस्तै कुक भिषा र जापानमा ब्यापार ब्यवसाय गर्दै आइरहेका परिवारका आश्रित भिषामा रहेका नेपाली हरु कोही बिदा मनाउन कोही परिवार आफन्त भेट्न नेपाल आएका बेला बन्दाबन्दिमा परेर उडान रद्द भई नेपालमै अड्किएका थिए। भिषा सकिन लागेका र नेपाल घुम्न आएका जापानी नागरिकहरुलाई लिएर उक्त उडान जापान प्रस्थान गरेको हो ।

अन्तरराष्ट्रिय उडान रद्द भएको तीन महिना बितिसक्दा जापानमा काम गर्ने नेपाली त्यस्तै नेपाल घुम्न आएका जापानिहरु कोही भिषा सकिन लागेर त कोही खर्च सकिएर अलपत्र परीरहेको अवस्थामा चार्टर उडान द्वारा आफ्नो देश फर्किन पाउदा जापानी नागरिक हाना शिगेमित्सुले खुशी ब्यक्त गरेकी छिन ।

चार्टर उडानका बारेमा पैसा धेरै लिएको बारे टिका टिप्पणी भईरहेको बेलामा सिरिन ट्राभल ले उक्त उडानमा इकनोमी क्लासको ११०० अमेरिकि डलर र बिजिनेस क्लासको लागि १४०० अमेरिकि डलर भाडा निर्धारणा गरिएको सिरिन ट्राभलका लेखा प्रमुख पोम बहादुर कुंवरले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस