लकडाउन सङ्गै जन्मिएको चुनौती र अवसर

काठमाडौं :-  छिमेकी देश चिनको हुवे प्रशान्तको वुहान शहरबाट फैलीएको नोवेल कोरोना भाइरस(covid-19) महामारीकोे रुपमा विश्वभर फैलीरहेको छ । यसले गर्दा विभिन्न देशहरुमा मानिसहरुको मर्नेको संख्या दिनप्रति दिन बढ्दै गइरहेको छ।विश्वमा कोरोना भाइरस संक्रमण यतिबेला ७२लाख बढिमा फैलिसकेको छ।चार लाखबढिको मृत्यु भइसकेको छ भने साढे ३५ लाखबढिले कोरोनालाई जितिसकेका छन।नेपालमा पनि संक्रमणको दर बढिरहेको अवस्थामा कोरोना संक्रमण नियन्त्रण,सन्क्रमितको व्यवस्थापन र जोगिने उपायमा सरकार लागिरहेको छ।

बिशेषत कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएसँगै हामी जनमानसमा प्रचलनमा आएको शब्द हो ‘लकडाउन’।लकडाउन यस्तो आपतकालीन अवस्था हो जसअन्तर्गत निजि कार्यालय एवं सार्वजनिक यातायात पुर्णरुपले बन्द गरिन्छ। संक्रमण फैलन नदिन विभिन्न मुलुकहरुले लगाएका प्रतिबन्धका स्वरुपहरु ‘लकडाउन’ शब्दमार्फत झल्किएका छन्।कोरोनाबाट बच्न social distance अर्थात सामाजिक दुरि कायम गर्न राज्यले गरेको नितिलाई बन्दाबन्दी भनिन्छ।खासगरी तिव्र रुपमा कोरोना नफैलियोस वा संक्रमीत व्यक्तिबाट अर्को व्यक्तिमा नसरोस भनेर ल्याएको नीति हो।

समुदायमा संक्रमण नफैलियोस भनेर चैत्र ११ देखि हाम्रो देशमा लकडाउन सुरु भयो।राज्य लकडाउनलाई प्रभावकारी बनाउन लागेको देखिन्छ।लकडाउनलाई सफल बनाउन जति राज्यको भुमिका हुन्छ त्यो भन्दा धेरै गुणा नागरिक सचेतना र सहजताले प्रभावकारी बनाउन मद्दत पुग्छ।हाम्रो समाजमा सचेतनाको कमिले पनि लकडाउन प्रभावकारी बनाउन राज्य संयन्त्रलाई हम्मे हम्मे परेको जगजाहेर नै छ।अत्यावश्यक सेवा, पासवाहक सवारी साधन, सरकारी कर्मचारी, बैंक तथा उद्योगका कर्मचारी, व्यवसायीलाई परिचयपत्र हेरी सवारी सञ्चालन गर्न दिइएको छ।कुनैपनि परिचयपत्र वा पास नलिई सवारी साधन चलाउनेलाई भने प्रहरीले नियन्त्रणमा लिई कारवाही गरेको छ।पछिल्लो पटक उच्च स्तरीय समितिले जेठ ३२ गते सम्मका लागि लकडाउन लम्ब्याएको छ।

यससङ्गै लकडाउनले उद्योग,व्यवसाय देखि नागरिकका सामान्य जीवनमा चुतौतीका चाङहरु देखा परेका छन्। GDP कम भएका नेपाल जस्ता देशहरुलाई लकडाउन लम्बिदै जादा सामान्य श्रमिक वर्गमा खाद्यान्नको समस्या देखापरेको छ। लकडाउनले प्रत्येक क्षेत्रमा समस्या उत्पन्न गरेको छ।समग्र आर्थिक क्रियाकलापमा नकारात्मक असर परेको छ।गरिवहरु झन गरिव हुने तर धनीहरु झन धनी हुने अनि आर्थिकवृद्धि दर २% हुने आकलनले आर्थिक मन्दीको नि उत्तिकै समस्या छ।कृषकहरुलाई र बिकास निर्माणको काममा आवश्यक सामाग्रीको अभाव हुन सक्ने समस्या पनि उत्तिकै छ।

दक्षिण एसियामा आशा लाग्दो आर्थिक वृद्धिसहित अगाडि बढिरहेको नेपालको पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । निकै नै लोकप्रिय नेपाल भ्रमण वर्ष “२०२०” कार्यक्रम स्थगित गर्नुपर्दा पर्यटन उद्योगमा गरिएको लगानी डुब्ने अवस्थामा छ । यसले गर्दा ठूला एवं साना पर्यटन व्यवसायी टाट पल्टिने अवस्थामा पुग्दैछन् । निकट भविष्यमै देखापर्ने विश्वव्यापी मन्दीले कोरोनाको महामारी सकिए पनि आन्तरिक र बाह्य पर्यटकलाई कसरी भित्र्याउने भन्ने चुनौती हुनेछ।

चुनौतीका साथसाथै लकडाउनले थुप्रै अवसरको ढोका समेत खोलेको छ।खासगरी भन्नु पर्दा प्रबिधीमैत्री अभ्यासको नयाँ अध्ययनको सुरुवात गरेको छ।लकडाउनकै समयमा online class,online study को नयाँ अभ्यास भएको छ।online shopping, e-marketing, e-commerce लगायतका विविध प्राविधिक व्यबसायमा मानिसहरुको आकर्षण बढदौ रुपमा छ।Video conference लगायत बैठक पद्धतिको बिकास भएको छ।ग्रामीण कृषि र करेसा खेतीमा युवाको आकर्षण बढ्दै गएको छ।अत्यधिक बेरोजगारी समस्या समाधान गर्ने र मुलुकलाई आत्मनिर्भर बनाउने उपयुक्त माध्यम पनि हो,यस सवालमा सरकार गम्भीर बन्नु पर्छ। विश्वमै यो समयमा e-commerce अर्थात (अनलाइन व्यापार) को लागि सुनौलो समय बनेको छ । नेपालमा पनि अनलाइन व्यापार लकडाउनको समयमा छलाङ मारेको छ।इन्टरनेट सेवाको बढदो पहुँच, उपभोक्तालाई भनेकै ठाउँमा सुविधा उपलब्ध हुनु र विभिन्न छनौटका अवसर तथा सेवाका कारण पनि e-commerce उपभोक्ताका लागि रोजाइमा पर्न थालेका छन्। आगामी दिनहरुमा राज्यले e-commerce को सुनौलो भविष्य बनाउने हो भने राज्यले सोही अनुरुपको नीति ल्याउनु पर्छ।

लकडाउनले चौतर्फी समस्या त सृजना गरेको छ।चुनौती सङ्ग पैठेजोडी नखेल्नुको पनि विकल्प छैन।यति बेला हामी धनी र गरिव के हो,सम्पन्नता र विपन्नता के रहेछ भनेर समानरुपमा देख्न थालेका छौ।लकडाउनको सुखद पक्ष हामी प्रदुषणमा कमि भएको देख्न सक्छौ र मानिसहरू आफ्नो दिनचर्या सिर्जनात्मक काममा व्यतीत भएको छ।पारिवारिक भेटघाटले एकता मजबुत बनाएको छ।लकडाउन एकदमै कष्टकर भए पनि सामाजिक दुरि कायम गरि संक्रमण तिव्र गतिमा फैलिन नदिन हामी नागरिक सबै मिलेर उत्पन्न चुनौतीलाई समाधान गर्नु आजको आवश्यकता हो।घरमै बसौं,सुरक्षित रहौ लकडाउनको पालना गरि कोरोना भाईरस मुक्त बनाउ। अन्त्यमा,मुलुकभित्र र बाहिर रहनु भएका सबै नेपाली नागरिकलाई कोभिड-१९ को जोखिमबाट सुरक्षित रहदै सबल,समृद्ध राष्ट्र निर्माणमा योगदान गर्न आह्वान गर्दछु।

 

प्रतिक्रिया दिनुहोस