मदन चोक, नेत्रलाल चोक वा भानु चोक सुहाउदैन र ?

काठमाडौं :-  घोराही उपमहानगरपालिका एक ठुलो उपमहानगर नै हो  उपमहानगर हुनुअघि नगरपालिका थियो घोराही। एक सुगम र सभ्य ठाउ घोराही सबै हिसाबले यो ठाउ बस्न उपयुक्त मानिन्छ। बिकासका पूर्वाधारमा कमि भाको भा यो घोराही एति चाडै उपमहानगर हुने थिएँन ।अझै भन्नु पर्दा घोराही त् प्रदेश न पाचको राजधानीको दाबेदार पनि हो तेसैले त् घोराही राम्रो छ अझै हुदै जाओस हामि सबैको सुभकामना छ मेयर साब नरुलाल चौधरीले बिकासका काम ब्यापक रुपमा सम्पन्न गरिराख्नु गर्बको कुरो हो धन्यबाद छ एक मतदाताको हिसाबले नि बिशेस धन्यबाद दिन मन लायो

घोराहीका सम्पूर्ण पुलहरू लगभग निर्मित भैसके अब मानिसलाई पानीको भेलले केहि गर्ने छैन यो खुसीको कुरा नै हो। मानिसहरु अब खोलामा बग्नुपर्ने स्तिथि भने हराएको झैँ लाग्छ अब कुरा गरौ घोराहीमा रहेका मुख्य मुख्य चोकहरुको सर्बप्रथम ट्राफिक चोकनिर निर्मित घोडाको प्रतिमुर्तिको ।

यो घोडा भनेको घोराही को प्रतिक नै हो बिगतमा हाम्रा पुर्खाहरु नुन चिनी तेल ल्याउन कोइलाबास जादा घोडा प्रयोग गरेरैहोला यो घोडाको प्रतिमूर्ति राखिएको  तर अलि खल्लो लायो जुन सोचिएको थियो त्यो जस्तो लागेन घोडा  आसा थियो घोडाहरु उफ्रिन लागिराखेका जस्तो देखिने , दौडिरखेको जस्तो देखिन्छ होला भनेको तेस्तो देखिएन । बास्तबमा भन्नुपर्दा सोचे अनुरुपको भएन जे भो ठिकै छ काम गर्ने क्रममा कहिँ कमजोरी आउछ तर त्यो घोडा अझै बिशेष अवस्य बन्थ्यो या त्यो बनाउने कालिगड राम्रो भएन वा त्यो हेर्नेले अलि ख्याल गरिएन जे छ तेसैलाई सुइक्र्नुपर्छ ।

अवस्य पनि बिपी चोक भनौ त्यहाँ बिपीको सालिक अनावरण गरिएको छ । त्यो सकारात्मक कुरा हो कुरो रह्यो तुल्सीपुर चोकको । यसलाई घोराही चोक नामकरण गर्ने र घोडा नै राख्ने भन्ने कुरो सुनिएको थियो । तर यो बिषयमा सबैले सोच्नुपर्ने झैँ लाग्छ । किन कि जतापनि घोडानै राख्नु भन्दा अरु कसैको सालिक राख्दा सर्वात्तम हुनेथियो कि?

सालिक कै कुरा गर्ने हो भने जननेता मदन भण्डारीको सालिक त्यहाँ कति सुहाउला आहा, सहिद नेत्रलाल अभागी त्यहाँ कति सुहाउला । त्यति गरेपछि पक्कै नि ति महान सहिद वा नेताको सपना सकार भाको अनुभव हुनेथियो। आदिकबि भानुभक्त आचार्यको सालिक राखी भानु चोक त्यो पनि सुहाउछ । आखिरी त्यो ठाउलाइ पहिला भानु चोक नै भनिन्थ्यो भने तेसै गर्दा नि हुन्थ्यो।
तर जसरि बिपीलाइ राखियो त्यसरी मदन भण्डारी वा नेत्रलाल अभागीलाइ उब्याउदा कति जोस देखिन्थ्यो कति उर्जा थपिन्थ्यो होला। हुन् त् बिचार बहस भाको होला काम नि होला , राम्रो काम नै होला तर जे होस् राम्रो होस् ,काम जनप्रेमी होस् ।

यो बिषयमा घोराहीका अग्रज पत्रकार, नेता, सुभचिन्तक घोराहिबासीले अलि ध्यानाक्रसन गराउनुपर्छ । तर हाम्रो घोराहीको बिषयमा नगरप्रमुख्ननै जनताप्रेमी बिकासबादी हुनुहुन्छ । अवस्य उहाले सहि काम गर्नुहुन्छ नै घोराहीलाइ राम्रो बनाउने कुरामा सबैको ध्यान जाओस । सबैको अन्तिम विचार यो ठाउँ राम्रो बनाउने नै हो । तसर्थ नाम र सालिक भनेको कुनै ठाउको परिचय हो र यो राम्रो र उपयुक्त भने हुनैपर्छ ।
संगीत अधिकारी
घोराही १७ पनौरा दाङ्ग

लेखक अधिकारी अनेरास्ववियु दाङ जिल्लाका नेता हुन् 

 

प्रतिक्रिया दिनुहोस