भ्रष्ट राज्यमन्त्री रायलाई पदबाट बर्खास्त गर्न नेकपाका नेता चन्द्र भुषण शाहको माग

काठमाडौं :-कृषि_राज्यमन्त्रीको_विज्ञप्तिप्रति_गम्भीर_ध्यानाकर्षण
प्रदेश नं. २ का कृषि राज्य मन्त्री मा. योगेन्द्र राय यादव स्वयं आफु र आफ्नो नेतृत्वमा रहेको मन्त्रालयले निरन्तर एकपछि अर्को चरम भ्रष्टाचार एवं ब्रह्मलुट मचाऊदै आएको कुरा पछिल्लो समय आम जनतामा छर्लङ्ग हुदै गएको पिडा सहन गर्न नसकि पूर्वाग्रही, कपोकल्पित, राजनीतिक संस्कार विहीन एवं पदीय गरिमाको समेत खिल्ली उडाउदै गैरजिम्मेवारीपूर्ण ढंगबाट निकालेको प्रेस-विज्ञप्तिप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

हाम्रो प्रदेश नंबर २ देखी लिएर सिङ्गो मूलकभर नै विकासप्रेमी तथा जनपक्षिय नेताको छवि बनाउन सफल जनप्रिय व्यक्तित्व, नेकपा प्रदेश नं. २ का अध्यक्ष एवं पूर्वमन्त्री मा. प्रभु साहप्रति लगाईएका आरोपहरु तथ्य एवं आधारहीन रहेकोले सोको आलोचना, खण्डन एवं प्रतिकार जनस्तरबाट नै समाजिक सञ्जाल लगायत चोतर्फी भैरहेको कुरा विनम्रतापूर्वक जानकारी(निवेदन) गर्दै मा. राज्यमन्त्रीले आफ्नो सस्तो-लोकप्रियताका लागी भूगोल र जनतामा सम्मानित एवं लोकप्रिय व्यक्तित्व मा. प्रभु साहको चरित्र हत्या गर्ने अभिप्रायले ल्याएको प्रेस-विज्ञप्तिको घोर भर्तस्ना एवं निन्दा समेत गर्दछु ।

साथै, राज्यमन्त्रीमा थोरै पनि हिम्मत, ईमान्दारीता र कर्तव्यबोध छ भने, मा. प्रभु साहले गरे जस्तै नियमित रुपमा जनताका बिच समाजिक परिक्षण(सोसियल अडिट्) मार्फत पार्दर्शिता एवं जनउतरदायित्व वहन गर्न तथा कम्तिमा स्वयं आफु र आफ्नो कृषि मन्त्रालय मार्फत हुदै आएको कामकार्वाहीहरुको हिसाब-किताब आम जनता समक्ष सार्वजनिक गर्न खुला चुनौती दिन चाहन्छु ।

नेपाल सहित विश्वभर महामारीको रुपमा फैलिएको कोरोना महासंकटप्रति विशेष(थप) संवेदनशील हुदै कम्तिमा हाम्रा प्रदेशभरका आदरणीय श्रमवीर किसानहरुको लागी समयमैं आवश्यक मात्रामा उच्च गुणस्तरका विउ – वीजन, मल – खाधहरूको सहज एवं सुलभ उपलब्धताको ग्यारेन्टी, कृषि बालिनालीका लागी आवश्यक बजार व्यवस्थापन तथा शीत-भण्डारण, कृषिमा वैज्ञानिक आधुनिकीकरणको मद्दतले निर्वाहमुखी कृषिलाई व्यवसायमुखी बनाउन ठोस कार्ययोजना सहितको कार्यान्वयन जस्ता आफ्ना आधारभूत काम, कर्तव्य एवं जिम्मेवारीबाट विमुख भई कहिले कृषि पम्पिंग सेट खरीदमा भ्रष्टाचार त कहिले कृषि अध्ययन केन्द्र मार्फत, यी र यस्ता अनगिनत अनियमितता तथा भ्रष्टाचारमा निरन्तर संगलग्न देखिएका प्रदेश नं. २ का भुमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव लगायतका मन्त्रीहरुलाई तत्काल सत्य-तथ्य निश्पक्ष छानबीनका लागी पदबाट बर्खास्त गरी कानून बमोजिम कडा भन्दा कडा कारवाही गर्न नेपल सरकार, प्रदेश २ को मुख्यमंत्री, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका सम्बन्धित सबै पक्षहरुसंग जोडदार माग गर्दै यस विषयप्रति सम्पूर्ण न्यायप्रेमी जनसमुदायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । धन्यवाद !
मिति: २०७७/०२/२४ गते ।

चन्द्र भुषण शाह
(युवा नेता – नेकपा)
प्रदेश नं. २, नेपाल ।

प्रतिक्रिया दिनुहोस