प्रदेश २ मा संक्रमितको संख्या १ हजार ६४ पुग्यो

काठमाडौं :- प्रदेश २ मा शनिबार ८३ जना कोरोना संक्रमित थपिएसँगै प्रदेशभर संक्रमितकाे संख्या एक हजार नाघेको छ। शनिबार सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले प्रदेश २ मा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार सप्तरीमा ७, धनुषामा ८, महोत्तरीमा ३५, सर्लाहीमा २७ र रौतहटमा ६ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार शुक्रवार दिउंसो ४ बजेसम्म कोरोना संक्रमितको संख्या ९८१ रहेको थियो । पछिल्लो २४ घण्टामा ८३ जना थपिएसंगै प्रदेशमा कोरोना संक्रमित १ हजार ६४ पुगेको सचिव घिमिरेले बताए ।

 

प्रतिक्रिया दिनुहोस