कोरोना संक्रमणबाट डोल्पामा एक जनाको मृत्यु

काठमाडौं :- डोल्पामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणका एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुष छन्। उनको जेठ २० गते मृत्यु भएको थियो।

मृत्युपछि उनको कोरोना परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल), जुम्लाका निर्देशक डा. मंगल रावलले जनाकारी दिए।

“चार दिनअघि नै मृत्यु भएको थियो, दुई दिन हिँडेर स्वाब संकलन गरेर ल्याएका थियौं, दुई पटक परीक्षण गर्दा पनि कोरोना संक्रमण देखियो,” डा. रावलले नेपालयन खबरसँग भने, “परीक्षणपछि कोरोनाकै कारण मृत्यु भएको पुष्टि भयो, उनको सम्पर्कमा आएका व्यक्तिको पनि भोलि नै स्वाब संकलन गरिनेछ।”

ती पुरुष जेठ १८ गते नेपालगञ्जबाट डोल्पा पुगेका थिए।

 

प्रतिक्रिया दिनुहोस