लकडाउनको मोडालिटी परिवर्तन हुने, मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं :- बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रका विज्ञहरुसँग ५ घण्टा लामो छलफल गरे । बुधबार नै काठमाडौं उपत्यकाका साना व्यवसायीहरुले सरकारको लकडाउन नमान्ने र काठमाडौं उपत्यकाभर आधा दिन पसल व्यवसाय खोल्ने निर्णय गरे ।

अर्थमन्त्रालयको आन्तरिक रजश्व विभागले जेठ २५ गतेभित्र राजश्व बुझाउन सुचना निकालेपछि चौतर्फी आलोचना र विरोधमात्रै भएन अवज्ञा गर्नेसम्मका चेतावनीहरु आए ।

सोही अवस्थालाई मध्यनजर गर्दै आज अपरान्ह ४ बजेका लागी मन्त्रिपरिषदको बैठक बोलाइएको छ भने लकडाउनको मोडालिटी परिवर्तनको निर्णय हुनसक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस