डाेल्पामा गाेठालाे गएकी तीन जना बालिका नदिमा डुबेर मृत्यु

डोल्पा :- डाेल्पा जिल्लामा गाई गाेठालाे गएकी तीन जना वालिकाकाे ठुलिभेरी नदिमा डुबेर ज्यान गएकाे छ । ठुलिभेरी नगरपालिका वडा नं ९ माेतिपुर का साजन कठायत काे छाेरी बर्ष १२ कि गंगा कठायत साेहि वडा का सुर्यलाल कठायत काे छाेरी बर्ष १० कि बिजया कठायत र साेहि वडा का आईते भण्डारी काे छाेरी बर्ष १२ कि यशाेधा भण्डारी(बविता) काे गाउँ नजिकै माेतिपुरमा ठुलिभेरी नदिमा डुबेर ज्यान गएकाे जिल्ला प्रहरी कार्यलय डाेल्पाका प्रमुख प्रहरी नायव उपरिक्षक नारायण रन्जितकारले जानकारी दिए ।

तिनै जना माेतिपुरकाे भेरी नजिक गाईगाेठालाे गएकाे समयमा आज दिउसाे करिव साढे ३ बजेर तिर यस्ताे घटना घटेकाे हाे । गाई भेरीमा पानी खाना गएकाे समयमा गाई भेरी डुब्छ भनेर फिराउन(ढल्काउन) खाेज्दा बालिकाकाे ज्यान गएकाे प्रहरी प्रमुख डिएसपी रन्जितकारले बताए । बालिका नदिमा डुबे लगतै प्रहरीलाई खबर गरेपछि उद्धार गरिएकाे थियाे ।
तीन जना बालिका मध्य एक जना काे घटना स्थलमै मृतु भएकाे र अन्य दुई जनाकाे उपचारकाे क्रममा जिल्ला अस्पताल दुनै ल्याउने क्रममा बाटाे मा नै निधन भैसकेकाे प्रहरीले जनाएकाे छ । मृतक तिनै जनाकाे सव पाेष्टमाटम पछि भाेलि  आफन्तलाई बुझाईने छ ।

प्रतिक्रिया दिनुहोस