थप १३ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित १,८११ पुग्यो

काठमाडौं :- नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ८११ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको श्रोतले नेपालमा पछिललो विवरण अनुसार थप १३ जनालाई संक्रमण भएको जानकारी बताएको छ ।

आज थपिएका संक्रमितहरु पाल्पा, नवलपरासी, गुल्मी, कपिलवस्तु र रुपन्देहीका रहेका छन् ।

यसअघि स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज मात्रै २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

पछिल्लो विवरणका अनुसार १३ जना थपिएसँगै नेपालमा आज मात्रै २३९ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस