बाँके दुर्घटना अपडेटः घाइते तथा मृतक सबैको पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौं :- पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँके खण्डमा गएराती भएको दुर्घटनामा परेका ३३ जनाकै पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

भारतबाट नेपालगञ्ज नाका हुँदै भित्रिएका ३३ जना ना ५ ख ५९९५ नम्बरको फोर्स गाडीमा सल्यानतर्फ जादै गर्दा ठुरिया जंगलमा दुर्घटना परेका थिए । दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो भने २१ जना घाइते भएका छन् ।

मृतक र घाइते सबैको सोमबार नै पीसीआर जाँच गरिएको हो । भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा मृत्यु भएका १२ जनाको ठेगानासहित सनाखत भइसकेको छैन । प्रहरीका अनुसार, मृतक तथा घाइतेका आफन्तहरु आउने क्रम जारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस