चौरजहारी हत्याकाण्ड : खटाइयो सीआइबी

काठमाडौं :- पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ मा भएको घटनाको अनुसन्धानमा सघाउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली खटाइएको छ । घटनाको प्राविधिक अनुसन्धानका लागि दुई सदस्यीय ‘टेक्निकल’ टोली खटाइएको हो । टोली रुकुम पुगिसकेको र स्थानीय प्रहरीलाई सघाउने सीआइबीका प्रमुख डीआइजी सहकुल थापाले जानकारी दिए ।

जेठ १० गते रुकुम पश्चिम चौरजाहारी ८ मा मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न जाँदा जाजरकोटका २१ वर्षीयका नवराज विकलगायतको ज्यान गएको थियो । केटा र केटी पक्षबीच झडप हुँदा ज्यान गएको बताइँदै आएको छ । नवराजसहित अन्य पाँचजनाको ज्यान गएको थियो भने एकजना अझै भेरी नदीमा बेपत्ता छन् । घटनाबारे प्रहरी अझै निष्कर्षमा पुगिसकेको छैन । पीडित पक्षले २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस