डिप्रोक्स लघुवित्त शाखा रोल्पालद्वारा क्वारेन्टाइनमा आवश्यक पर्ने करिब २० हजार बराबरको सामग्रि हस्तान्तरण

काठमाडौं :- डिप्रोक्स लघुवित्त शाखा कार्यालय लिबाङ रोल्पाले आज रोल्पा नपा २ मा रहेको क्वारेन्टाइनमा आवश्यक पर्ने करिब २० हजार बराबरको सामग्रि हस्तान्तरण गरेको छ । आज रोल्पा नपा प्रमुख पुर्ण केसिलाइ शाखा कार्यालय रोल्पाका प्रमुख दल वहादुर वलिले २० हजार बराबरको १० थान डसना, १० थान सिरानि, १० थान कम्बल र १० थान तन्ना नगरपालिकाको कार्यालयमै गएर हस्तान्तरण गर्नु भएको हो । महामारीको बेला यस्ता सहकार्यले कोभिड रोकथामको लागि अह्म भुमिका खेल्ने भएकोले शाखा मार्फत सामग्री दिएको वलिले बताउनुभयो । रकम नै दिनु भन्दा सामग्री खरिद गरेर दिदा सहज हुने भएकोले आफुहरुले तन्ना, डसना, सिरानि, कम्बल दिएको बताउनु भयो ।

सामग्री हस्तान्तरण कार्यक्रममा नगर प्रमुख पुर्ण केसि, प्रमुख प्रशासकीय अधिकृत मोहन पौड्याल, रोल्पा न.पा २ का वडा अध्यक्ष खिम बहादुर घर्तिको उपस्थिति रहेको थियो । महामारीको बेला सबैले हरेक ठाउबाट सहयोग गरिरहेकोमा डिप्रोक्सको यो सहयोगले क्वारेन्टाइन व्यवस्थापन गर्न सहज हुने भन्दै नगर प्रमुख केसिले धन्यवाद समेत दिनुभयो ।

प्रतिक्रिया दिनुहोस