कोरोना भाइरस Covid 19 लाई जितेर फर्किए किरण

काठमाडौ – दलित एकता संजाल कतारकाे अध्यक्ष तथा सामाजिक कार्यमा अत्यन्तै सक्रिय झापा जिल्ला घरभै रोजगारीको शिलशिलामा कतारमा कार्यरत किरण परियार आफु कोरोना भाइरल बाट बचेर फर्किएको बताउनु भएको छ।
बैशाख २८ गते देखि कोरोना भाइरस संक्रमण देखिएर कतार स्थित होमसाइडको हमद हस्पिटलमा उपचाररत गराइ रहनु भएको परियार जेष्ठ १८ गते डिस्चार्ज हुनुभएको छ।

उहाँ कोरोना संक्रमण संग लडिरहेको सातौ दिन सामाजिक संजाल फेसबुक मार्फत आफू कोरोना संग लडिरहेको र आफ्नो लागि प्राथना गरिदिनु हुन सबैलाइ अनुरोध गर्नु भएको थियो। २३ दिन सम्मको लामो हस्पिटल बसाइँ पछि निको हुँदै सबै आफू स्वास्थ भएर आफ्नो कोठामा फर्किएको आफ्नो लागि प्राथना गर्नु हुने सबैलाई धन्यवाद दिदै हजुर हरुको प्राथनाले म पुर्ण स्वस्थ्य भई नया जिवन पाएकोमा सामाजिक संजाल फेस्बुक बाट खुशी ब्यक्त गर्नु भएको छ।

प्रतिक्रिया दिनुहोस