यसकारण तत्काल बिधालय नियमित सञ्चालन गर्न सकिने स्थिति छैन

काठमाडौं :- बिस्व यतिबेला (कोभिड १९) कोरोना भाइरसको महामारी सङग जुधिरहेको छ बिस्वभर हालसम्म लाख सङक्रमित लाख ले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।यो महामारिले नेपालमा समेत आफुलाइ दिनप्रतिदिन सशक्त बनाउदै भयावह रुप लियको छ, यसबाट उत्पन्न महासङकट्ले देशमा आर्थिक ,सामाजिक ,सास्कृतिक लगायत बिबिधत क्षेत्रहरुमा समस्या उत्पन्न गरेको छ । मानवीय संबेदनसिलताको दृस्ठिकोणले हेर्दा देस तथा बिदेशमा विभिन्न पेसा ब्यबसायमा कार्यरत कामदारहरु बिशेशगरि असंगठित क्षेत्रका कामदारहरु जस्ले न्यून बेतनमा आफ्नो र परिवारको दिनिकी चलाइरहेका थिय उक्त बर्ग र क्षेत्रका समुदाय झनै बढी समस्यामा परेकछन कोरोनाका कारण विभिन्न देसको शैक्षिक क्षेत्र समेत पुर्ण रुपले हाल सङकटमा छ।

हाम्रो देशको सन्दर्भमा कक्षा १० को SEE देखी बिश्वबिद्धालयसम्मको सम्पुर्ण परिक्षाहरु र पठनपाठन ठप्प भयको छ साथै बिभिन आयोगहरुले लिने परिक्षाहरु समेत स्तगित भयकाछ्न जस्ले गर्दा आ-आफनो क्षेत्रबाट तयारी गरिरहेका विद्यार्थी र प्रसासकहरुमा अन्योलता थपिएको छ । हाम्रो देसको सन्दर्भमा कुरा गर्दा बिद्यालय तहको शैक्षिक पात्रो अनुसार बैशाख दोस्रो साता सम्म भर्न अभियान संचालन गरि हाल नियमित पठनपाठन सन्चालन हुनुपर्ने बेलाहो तर बिधालयहरु अहिले कोरोना घर ( क्वारेन्टाइन ) को रूपमा प्रयोग भयका छन । त्यसैले तत्काल बिधालय नियमित सन्चान गर्न सकिने स्थिति छैन यस्लाइ समाधान गर्न विभिन्न विकल्प बिकल्पहरु प्रयोगमा ल्याउन सकिन्छ

पहिलो विकल्प : बिद्यालयहरुमा बार्षिक रूपमा दिइने ५० दिनको मिनपचास बिदा लाइ अधिकाश बिधालयहरुले श्रावण महिनामा बर्षा बिदाको रुपमा ३० दिन दसौं तिहारको बेला १५दिन स्थानीय अनुकुलता अनुसार मेला ,पर्ब जस्ता समयमा ५दिन बिदादिने गर्दछ्न । अबको शैक्षिकसत्र यो ५० दिनको बिदालाई मात्रै समायोजन गर्दा अझै असार पहिलो सातादेखि बिद्यालयहरु सन्चान गर्दा पनि शैक्षिकसत्र कुनै असर नपर्ने देखिन्छ।

दोस्रो बिकल्पको रूपमा : बिधालय तहको पाठ्यक्रम अनुसार 220 दिन बिद्यालय खुल्नु पर्छ भने 190 दिन पठनपाठन हुनुपर्छ यसरि हेर्दा पनि 220 दिन पुर्याउनु करिब ८ महिनामात्र (शनिबार बाहेक ) बिधालय सन्चालन गर्दा पनि तोकिय अनुसारको दिन र पाठ्यघण्टा पुग्ने देखिन्छ त्यसैले तत्काल बिद्यालय सन्चालन गर्न हौसिनुको कुनै तुकछैन। सस्थागत बिधालयका संचालकहरु यदाकदा बिद्यालय सन्चालन गर्नुपर्ने कित्तामा उभियको पाइन्छ, किनकी सस्थागत बिद्यालयहरु धेरै थोरै भयपनी मुनाफा र व्यावसायिक छन। छिटो भर्ना गर्न पाय आफना विद्यार्थी चोरिहुने वा विद्यार्थीको सङ्ख्यामा आउने गिरावट जस्ले समग्र अआय ब्ययमा असर देखाउछ उक्त समस्या देखी पार पाउने कुरासँग बढी केन्द्रित छन । समग्रमा शैक्षिक चिन्ता भन्दा आर्थिक चिन्ताले बढी पिरोलिएका हुन ।साथै कतिपय बिधालयहरुले अन्लाईन कक्षाको कस्मेटिक प्रचार गरि विद्यार्थीसङख्याको जोड्घटाउको हिसाब गरिरहेकाछन । यसरि ब्यबसाइक फलका लागी केन्द्रितहुनु सर्बथा गलत छ। बरु आआफ्ना छात्र छात्राहरू लाइ कोरोना कहरबाट कसरी सुरक्षीत गर्न र गराउन सकिन्छ त्यस तर्फ बिधालयहरुले आफ्नो सामाजिक दाइत्व सम्झी गतिविधिमा जोड्दिनु समयको माग हो।

तेस्रो बिकल्पको रुपमा : बिध्यालय तहको बालबालिकाहरुलाइ हामिहरुले पाठ्यक्रमले निर्दिष्ट गरेका ,पाठ्यपुस्तकले छपाइ गरेका घोकन्ते कुराहरु मात्रै शिकाउने गरेका छौ यो समयमा यस्ता कुराको साटो बालबालिकालाइ घरमै बसि थप शृजनसिल बनाउन उत्पेरण प्रदान गरौं जस्तो कि हाम्रा सस्कार सस्कृती ,परम्पराहरुले ठुलो अर्थ बोकेका छन त्यसप्रति बालबालिका लाइ बुझने अबसर प्रदान गरौं । हाम्रा पुराना प्राविधिकहरू जस्तै जातो ( चाखी) ,घट्ट, कोल ( उखु तथा अमिलाको रस झार्न प्रयोग गरिन्छ) कृषि कार्यको लागि प्रयोग गरिने सामाग्री जस्तै हलो ,जुवा , हिङगा ( खेतमा हिलो बनाउन प्रयोग गरिन्छ कतै दाते पनि भनिन्छ) जस्ता सामाग्रीको बनावट ,प्रयोग जस्ता ब्यबहारिक ज्ञान घरमै बिना शिक्षक दिन सकिन्छ , यस्तै घरमै रहेका ठेकी ,मदानि जस्ता सामाग्री साथै दुध बाट दहि महि हुदै घ्यू सम्म वन्ने प्रक्रिया लाग्ने अबधी जस्ता धेरै ब्यबहारिक बिसयबस्तु हामी घरबाटै सिकाउन सक्छौ। यसरी बालबालिकालाइ ब्यबहारिक ज्ञान प्रदान गर्ने यो एउटा अबसर समेत हो त्यसैले समयको सदुपयोग गरौं ।

चौथो विकल्पको रूपमा: बिभिन्न सामुदायिक बिद्यालयहरुमा कार्यरत शिक्षक तथा अन्य पेसा ब्यबसाय जस्तै निजामती, सामाजिक संघस्था सरकारी एबम गैरसरकारी स्तरमा कार्यरत जुन बौद्धिक स्तरकको जनशक्ति अहिले लक्डाउनको कारण अस्तब्यस्त छ उक्त जनशक्तिलाइ परिचालन गरि प्रत्येक टोल बस्तिमा रहेका बालबालिका लाइ पढाउन सकिन्छ यस्बाट मुलतः बालबालिकाहरुमा बिधालय सन्चान नहुदा उत्पन्न मनोबैज्ञानिक स्वाल समाधान हुनसक्छ भने अर्कोतर्फ बेकाकी भैरहेका हाम्रा बालबालिकाको थोरैमात्र भयपनी समयको सदुपयोग हुनसक्छ आझै भन्नेहो भने हाम्रो सामाज बिबिधताले भरियको छ फरक समुदाय र फरक सस्कार अबलम्बन गरिरहेका बालबालिकाहरुलाइ एकै ठाउँमा राखेर शिकाइ प्रक्रिया सन्चालन गर्दा अन्य भासा सस्कृती रहनसहन जस्ता पक्षहरूको समेत एकाअर्कालाई राम्रो शिकाइ हुनसक्छ त्यसैले यस्तर्फ समेत हाम्रो ध्यान जान जरुरी छ।

दुर शिकाइका सामाग्री समेत विकल्प को रूपमा प्रयोग गर्न सकिने सवाल हाल बलियो बनेको छ । जसरी हाम्रो परिबेस भिन्न भिन्न प्रकारको छ त्यसैगरी हाम्रा बालबालिकाको पहुँचमा समेत बैयत्तिक भिन्नता पाउन सकिनछ । सहरका कतिपय बालाबालिका उच्च गुणस्तरको ईन्टरनेटको पहुँचमा छन भने कतिपय ग्रामीण बस्तिका बालबालिका सामान्य रेडियो सम्म देख्न सकिरहेका छैनन् यस्तो परिस्थितिका माझ अन्लाईन शिक्षणको सवाल सतहमा आउनु स्वभाभिक भयपनी उपयोगिताको दृस्ठिले यो त्यती फल्दाइ देखिदैन । रेडियो बाट पढाउने सवाल प्रयोगकर्ताको सङख्याको हिसाबले ईन्टरनेट भन्दा केहि फराकिलो मान्न सकिन्छ किन भने देशका सबैजसो जिल्लाहरूमा रेडियो नेपालका अतिरिक्त सामुदायिक रेडियो एफएमको बिस्तार भयको छ र प्रयोगको सवालमा समेत ईन्टरनेट भन्दा रेडियो सहज र कम खर्चिलो हुन्छ यद्यपि रेडियो समेत नसुनिने कतिपय भुगोल नभयको भने हैन! सामाग्री उत्पादनको बिसयमा भने अलिकति बहस गर्नु पर्ने देखिन्छ हालको पाठ्यक्रम बिकास केन्द्रले गर्ने वा दुर शिक्षा केन्द्रले गर्ने वा पालिका तथा जिल्ला स्तरमै समन्वय गरि सामुदायिक बिद्यालयको जनशक्ति प्रयोग गरेर सामाग्री उत्पादन गर्न सकिने जस्ता बिकल्पहरुको प्रयोग गर्न सकिन्छ।

अन्यमा कोरोना कहर बाट बिभिन्न क्षेत्रमा उत्पन्न समस्या समाधानका लागि सबैले दिलो मन बनायर मानब अस्तित्व रक्षार्थ एकता र एक मनकासाथ लाग्न जरुरी छ । बिद्यालयहरु बन्द हुँदा लाखौं बालबालिकाहरुको भबिस्यमा समेत अन्योलता थपियको छ तर पनि बिस्व समुदाय मानब अस्तित्वको लागी लडिरहेको बेला सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको उक रहनु नै होला त्यसैले सबै सुरक्षीत रहौ र बालबालिकाको बिशेश हेरचाह गरौं
• धन्यवाद ।

 

प्रतिक्रिया दिनुहोस