दुर्गाथली गाउँपालिका बझाङ जिल्लाको दुर्गम भेग भएकाले कृषिमा पनि आगामी बजेट किसानको लागि छुट्याइयोस

काठमाडौं :- देशको मेरुदण्ड तथा अर्थतन्त्र को सबैभन्दा बढी ओगटेको क्षेत्र कृषि हो तर कृषिप्रधान देश भएता पनि जम्मा २०% मात्र कृषि पेषा मा मात्रै रहेका छन।कृषि क्षेत्रको बिकासको लागि छुट्टाएको बजेट बझाङ जिल्लाको दुर्गाथली मा अझै थप बजेटको माग गर्दछु।दुर्गाथली कृषिको लागि एकदम राम्रो ठाउँ रहेकोले यश क्षेत्रमा स्थानीय सरकारले सहि ढङ्गले हेर्नुपर्छ भन्ने मेरो भनाइ छ।
कृषि क्षेत्र विकास आयोजना, कृषि अनुन्सन्धान कार्यक्रम, कृषि पूर्वाधार तथा यान्त्रिकरण प्रवद्र्धन कार्यक्रम, सार्वजनिक तथा निजी जग्गामा फलफूल खेती विस्तार कार्यक्रम, युवा विशेष कार्यक्र, बङ्गुर औद्योगिक , उखु प्रवद्र्धन कार्यक्रम, दानाको आयात प्रतिस्थापनको लागि मकै, भटमास उत्पादन कार्यक्रम, ब्लेण्डिङ मल कारखाना स्थापनामा सहयोग तथा ब्लेन्डेड मलमा अनुदान, आलु प्याज आत्मनिर्भर कार्यक्रम, खसीबोका आत्मनिर्भर कार्यक्रम गाउँपालीका ले यी कुरामा विशेष जोड दिनु पर्दछ।दुर्गाथली गाउपालिका बझाङका कृषकहरुको लागि लकडाउन अवधि थप ऋणको ब्यबस्थापन र राहतको ब्यबस्था पनि गर्नुपर्दछ।हाम्रो गाउँमा रोडको पनि समस्या हुँदा जिल्लाले हेरचाह गर्नु पर्छ।दुर्गाथली का किसान हरुलाई ऋण लिएको लकडाउन सम्म ब्याजमा छुट दिनुपर्छ।

किसानले कृषि र पशुपालनबाट उत्पादनको उचित मूल्य पाइरहेका छैनन् । समय, मिहिनेत र लगानी खर्चेका किसान प्रविधि, उत्पादन, भण्डारण, ढुवानी र अव्यवस्थित बजारको समस्याले गर्दा नि पीडा भोगिरहेका छन।दुर्गाथली गाउपालिकाले यि विषयमा अध्यन गरि किसान का लागि सहजीकरण हुने बाताबरण बनाउन पर्दछ ।कृषि र पशुपालनका क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी परियोजनाले किसानलाई कृषि औजार, प्राविधिक सहयोग र नगद अनुदान दिने गरेका छन् । त्यसका लागि किसानले झन्झटिलो कागजी प्रक्रिया पूरा गर्नुपर्छ । तर घाँस दाउरा र कुटो–कोदालो गर्ने किसान त्यस्तो प्रक्रियाको विषयमा अनविज्ञ छन् । सूचनामा पहुँच नभएका कारण वास्तविक भूमिहीन किसानहरूले यो कार्यक्रमको लाभ लिन नपाउने देखिएको छ । यी कुरा लागि प्रसार शिक्षा को लागि दक्षिण प्राबिधिक किसान को फिल्ड र घर दैलो मा पुगाउने ब्यवस्था गाउँपालिकाको ध्यानाकर्षण होस ।

वास्तविक किसानसम्म सहज प्रकृयाबाट अनुदान र प्रोत्साहनका कार्यक्रम कसरी पु¥याउने भन्नेतर्फ कसैको चासो नगएको किसान को भनाइ छ । परम्परागत निर्वाहमुखि व्यवसायमा अल्झेका किसानलाई लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले सञ्चालित अनुदानबारे बुझाउन आवश्यक छ ।तेसैले दुर्गाथली कृषि को लागि निकै सम्भावना भएको क्षेत्र हो।हामी सबैले एकजुट भएर काम गरेपछि मात्र देशको बिकास हुन्छ।
यी कुरा मा जोड दियौं भने युवा मा रोजगार सिर्जना हुनुका साथै गाउँपालिका उत्पादन मा अग्रसर हुन्छ
तेसैले फ़ेरि अपिल गर्दछु आगामी बजेट कृषि मा विशेष जोड दिन जरुरी छ।

किटनासक औसधि लगायतका कृषि सामाग्रीको पनि दुर्गाथली गाउँपालिकाले सबै वडा मा पुर्याउनु पर्दछ।गाउँपालिकाले स्रोत साधनयुक्त स्वास्थ्य सुबिधा पनि मिलाउनु पर्छ।किसानहरु पशुबस्तुलाई आवश्यक घाँसदाना कसरी जुटाउने भन्ने चिन्तामा रहेका छन त्यो कुरामा नि दुर्गाथली गाउँपालिकाले हेर्नुपर्दछ।
कोभिड-१९को बेला गाउँपालिकाले विउबिजनको पनि ब्यबस्था मिलाउनु पर्दछ।कृषिको लागि आएको बजेट गाउँपालिकाले सबै किसानको डाटा सङ्कलन गरेर बजेट छुट्याउनु पर्दछ।यो विषयमा गाउँपालिकाले गम्भीरताका साथ बुझ्नु पर्ने समय आएको छ।

कृषकको जागरुकताबाट नै कृषिमा आधुनिकीकरण आउने भएकाले यसतर्फ सबै किसानको ध्यान जानु आवश्यक छ र गाउँपालिकाले नि एकदम कृषि क्षेत्रमा प्राथमिकता दिएर हेर्नुपर्छ।
जहाँ विकास पुगेको छैन आवस्यकताको आधारमा बजेट र कार्यक्रम ल्याई विकास गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस