संघर्ष गर्न छोड्नु हुदैन , एकदिन मिठाे फल प्राप्त हुन्छ

काठमाडौं :-  मेरो नाम प्रकाश बुढाथोकी हो मेरो जन्म वि:स २०५७ सालको साउन ४ गते रुकुमको दुलि २ देउताखोला भन्ने ठाउमा भएको हो । म घरको जेठो छोरो हु मेरो एउटा दिदी २ वटि बैनी र एक भाइ छ्न । मैले सानोमा रुकुम मै पढे म ८ बर्ष हुदा हाम्रो घर परिवार दाङ्ग तुल्सिपुर भन्ने ठाउमा बसाईसराई भयो र बुवाले मलाई तुल्सिपुर मा पर्ने अमर उच्च माध्यमिक बिधालय मा भर्ना गर्दिनु भयो ।

मेरो पढाई सुरु भयो नयाँ ठाउँ नया सहर भने झै भयो न कोहि साथी न कोहि चिनेको सुरुसुरु मा घुलमिल हुन निकै गारो भयो बिस्तारै साथी हरु भए घुलमिल भए रमाईलो हुँदै गयो तर म एक सानो गरिब परिवारको थिए । हामी ५ भाईबहिना लाई पढाउन नि धेरै खर्च लाग्ने हुनाले बुवाले बिदेस जाने निर्णय गर्नु भयो र बिदेस जानु भयो । घरमा हजुरआमा नि बुढि हुनुहुन्थियो हजुरआमा सँग बोल्ने जिस्किनी गर्थिए हजुरआमाले पनि कथा सुनाउनु हुन्थियो जे होस हासी खुसी बितिरहेको थियो बालापन एक्कासी हजुरआमा झाडापखाला लागेर बित्नु भयो।

उता बुवा बिदेस गको १ बर्ष नि भाको थिएन । दु:ख ले हाम्रो परिवारलाई स्तम्भ बनायो । दसा लागेपछि कसैको केही लाग्दैन भनेझै हजुरआमा बितेको ३,४ महिना मा मेरो दिदी नि बिरामी हुनुभयो कहिले कतै कहिले कतै आमा एक्लैले लगेर जानु हुन्थियो भाको पैसा सबै सकियो झन झन तनाब बढ्दै गयो । न हामी सङ्ग धेरै सम्पती झन मेरो बुवाले पहिला सम्पती नि पाउनु भएन जतादेखी नि ठगिनु भाको मेरो बुवा म पनि म सानो थिए तर दु:ख पिडा एकदम लाग्थियो बुवा पनि बिरामी भएर बिदेस देखि आउनुभयो झन हाम्रो दु:ख का दिन हरु बढ्न थाले घर व्यबहार चलाउन नि गारो भयो । जसोतसो गरेर बुवाले एउटा किराना पसल खोल्नु भयो उरहरी भन्ने ठाउमा बिहान मैले र दिउँसो बुवाले पसल चलाउनु हुन्थियो । जिन्दगी ठिकै सङ्ग बित्न थाल्यो पसल जाने आउने पैसा नि अलि अलि पसल बाट तान्ने के नै थाहा हुन्थियो र सानो मा एउटा साईकल नि किन्दिनु भयो बजार देखि सामान लिन जाने भनेर रमाईलो लाग्ने साथी हरु नी एकदम मिल्ने थिए।

वसन्त र फत्ते भन्ने म पसल भए मात्र आउने बुवा पसल भए आउन डराउथे जिन्दगी हासी खुसी बित्दै गयो हेर्दा हेर्दै slc नि दिने भएछु साथि हरु सङ खेल्दा खेल्दै थाहा पाएन कति छिटो बित्यो त्यो बाल्यकाल। slc नि दिइयो केही समय पछी रिजल्ट आयो अब के गर्ने होला के पढ्ने होला भन्ने सोच भयो झन त्यसमाथी दिदी र मैले सङ्गै Slc दिएको । मेरो बाल्यकाल देखिको साथिले ओभरशियर पढ्न लाग्यो अनि मैले नि त्यहि पढ्ने सोच गराए र तुल्सिपुर मा रुम लगेर म दिदी सङ्ग र मनराज दाइ सङ्ग बसेर पढ्न थालिम । पैसा नि महङो लाग्दो रहेछ overseer पढ्नलाई जसोतसो गरेर मेरो घरपरिवार ले पढाए मेरो पढाई यति सम्म भयो ओभरसियर पढेर नि सकियो।

न जब हातमा के गरेर जिबन अगाडि बढाम भनेर रातदिन सोचेर बसिराख्थिए अब नेपाल मा केही गर्न सकिँदैन भन्ने नि सोच आयो मनमा सधै एउटा कुरा मात्र पैसा कसरी कमाउला भन्ने अनि मेरो गाउघरदेखी पनि अमेरिका जाने क्रम बध्दै गयो।

मैले नि सोचे अमेरिका जान्छु रिन कारेर भए पनि भनेर सोचे घर परिवार सङ्ग सल्ला गर्ने निर्णय गरे बुवाआमाले पैसा कहाँ बाट जुटाउने त्यति धेरै ५०,६० लाख भन्नू भयो म फेरि हल्का जिद्दी खालको थिय जबर्जस्ति गरेर जाने सोच गराए त्यसै क्रममा दलाल सङ नि कुरा अगाढी बढाईम अनि हामी नेपाल देखि हामिलाई मलिसिया हुदै भेतनाम भन्ने ठाउँ मा लगियो र फेरि थाइल्यान्ड सम्म गएर अपसोच हाम्रो भागे गतिलो भनम कि दलाल भनम हामी नेपाल आउनु पर्ने भयो दलाल ले पैसा नि खाईदियो 9,10 लाख घर मा तनाब भयो ।

म आफैले सोच्न थाले के गरम भनेर गाउँमा मुख देखाउन नि लाज लाग्यो धेरै कुरा सोच्न थाले पागल जस्तो हुन थाले धेरै कुरा सोचेर त्यसै क्रममा लोकसेवा नि खुल्यो पढ्न लाई पैसा नि थिएन तर मेरो साथी ले जाम काठमाडौ गएर पढम भन्यो जसो तसो गरेर पढमला भन्यो अनि मैले घरमा सल्ला गरे पैसा छैन कसरी पढ्ने भन्नू हुन्थियो मनमा कुरा खेलाउदै बसे म सङ्ग अमेरिका जाने भनेर बाटो खर्च हुन्छ भनेर राखेको २०० अमेरिकन डलर थियो त्यसैले पढ्ने सोच गराए अनि मनराज र म काठमाडौ पुगियो एउटा दाइ हुनुहुन्थ्यो चिनेको उहासङ्ग भेटेर उहाले हामिलाई पढाइ हुने ठाउँ मा पुरेइदिनु भयो।

नयाँ ठाउँ बिरानो सहरमा हामिले होस्टेल बसेर पढ्ने सोच गराईम होस्टेल बस्दा दुइजना दाइ हरु एकजना रुकुम को लोकेस वलि र अर्को बिनोद न्यौपाने दाइ सङ्ग नि चिनजान भयो एकदम मिल्ने दाइ अनि हामी एउटै रुम मा बस्ने निर्णय गरिम उहाहरु नि लोकसेवा तयारी गर्ने ओभरसिएरको लागि हामिलाई नि सजिलो भयो छलफल गरेर पढ्न सजिलो कहिले काहीँ घुम्न जाने दाइ हरु सङ्ग रमाईलो गरिन्थियो हामी ४ जना कहिले नाच्थिम रमाईलो हुन्थियो ।

त्यो रमाईलो पल देख्दा दु:ख पिडा कम हुन्थियो त्यो रमनिए हाम्रो मित्रता एकदम याद आउछ हामी हरु दु:ख सम्झेर धेरै दुख गरेर हामी पढ्न थालिम दाई हरु १०:३० मा सुत्नु हुन्थियो म चाहिँ राती १ बजे सम्म पढेर सुत्थिए नबुझेको कुरा सर अनि दाई हरुलाई सोध्दै पध्दै गर्न थाले ४५ दिन जति होस्टेल बसियो र हामिले loksewa को exam बुटवल देखि दिईयो हल्का exam बिग्रेको जस्तो लाग्यो यो पनि हुदैन भन्ने लाग्यो अब बिदेस जान्छु भनेर फेरि भिसा लगाउने भनेर काठमाडौ गए १८ बर्षको थिए म सबै ले बाबू तिम्रो उमेर पुग्दैन भन्न थाले अब के गर्ने भन्ने सोच जाग्यो घर गए अब २ बर्ष गर मा के गरेर बसु भनेर सोच्थिय साहु हरु पैसा माग्न आउन थाले।

झन झन पीडा बध्न थाल्यो त्यसै क्रममा मैले देको लोकसेवा को रिजल्ट पनि आयो मेरो नाम नि निस्कियो आमाबुवा नि खुसी हुनु भयो अब केहि गर्छ कि छोराले भनेर लिखित मा अब मौखिक के गरेर पास गर्ने होला भनेर सोच बढ्यो फेरि मौखिक को लागि तयारी गर्न को लागि पैसा चाहिने भयो मलाई दु:ख मा साथ दिने कोहि आफन्त नि कोहि भएन मात्र मेरो एउटा फूपू र फ्वाजु हुनु भयो मेरो भगवान जस्तै फ्वाजु मेरो हरेक दु:ख मा साथ दिनु भयो।

आमाले नि आफ्नो सुन बेचेर मलाई पढ्न पठाउनु भयो आमाको दु:ख सम्झेर मेहनत गर्दै गए अनि मेरो मौखिक मा पनि नाम निस्कियो मेरो घर परिवार सबै खुसी हुनु भयो मलाई रिस चाहने मान्छेको मुख बन्द भयो अनि अहिले जे छु म त्यसैमा खुसी छु सानो जागिर छ ठुलो मन छ एसैमा जिन्दगी सफल सम्झिएको छुु

हाल गुल्मी रेसुङ्गा नगरपालिकामा कार्यरत असिस्टेन्ट सब इन्जिनियर छु । जिवनका हरेक दु:ख सु:ख, उकाली ओराली गर्दै यहाँ सम्म आएकाे छु । अहिले साेच्छु , आटेपछि सपना देखेपछि केही हुदाे रैछ । त्यसैले जाे काेहिले पनि जिवनकाे लक्ष्यलाई निरन्तरता दिनुपर्छ हार खानु हुदैन एकदिन सफल भैईन्छ ।

प्रतिक्रिया दिनुहोस