पश्चिम रुकुम हत्याकाण्ड : दोषीलाई कडा कार्वाहीको माग राख्दै चितवनमा बिरोध र्‍याली

काठमाडौं :- पश्चिम रुकुममा दुलही ल्याउन गएका जाजरकोटका नवराज विक सहितको हत्या हुने गरी भएको जघन्य घटनाका दोषीलाई कडाभन्दा कडा कारवाही र जातीय विभेद बिरुद्द बिरोध र्‍याली प्रदर्शन गरियेको छ।

देशको विभिन्न ठाउमा पश्चिम रुकुम घटनाको ध्यानाकर्षण भैरहदा भरतपुर महानगरपालिका १५ बाट पनि दलित समुदायले संयुक्त जातीय विभेद विरुद्ध आन्दोलन गर्दै अपराधीलाई हदै सम्मको कारवाहीको माग गरेका छन् ।

लक डाउनको समयमा पनि पश्चिम रुकुम हत्याकाण्डको विरोधमा चितवनको विभिन्न ठाउबाट पनि धर्ना बिरोध जुलुस जस्ता कार्यक्रम गर्दै दलित भनिएको समुदायहरु संघर्ष मा उतृएका हुन ।

धर्ना कार्यक्रममा टिबि विश्वकर्मा अम्विका परियार, रणेन्द्र बरायली, समुन्द्रा परियार, भरतपुर १५ का दलित वडा प्रतिनिधि सीता सापकोटा परियार, अतिना परियार, राम कुमार विश्वकर्मा, अमृत बि क, हरी बरायली लगायतका दलित अगुवाहरुले सम्बोधन गरेका थिए ।

विरोध कार्यक्रममा बोल्ने सबै दलित अगुवाहरुले पश्चिम रुकुम घटनाका दोषीलाई कडा कारवाही हुनुपर्ने माग , । ‘जातीय बिभेदको कारण भएको यतिठूलो जघन्य अपराध इतिहासमै कल्पना गर्न नसकिने घटना कानुनी राज्य भित्र जनप्रतिनिधि कै मिलेमहतोमा खुलेआम घट्नु निन्दनीय रहेको बताएका छन।

गणतन्त्रको निम्ति हजारौ दलितले बन्दुक उठाइ अतुलनिय बलिदानी गरिरहदा वर्तमान कम्युनिस्ट सरकारका जनताले चुनेका केही जनप्रतिनिधि भनौदा हरुलेल ज्यान बचाउन भाग्दा भेरीमा आफै डुबेर यो घटना घटेको भन्ने जस्ता अभिव्यक्तिले अपराधीलाई संरक्षण गर्ने कोसिस गरिरहेको देखिएकाले घटनाको निष्पक्ष छानविन नभै राजनितिक शक्तिको आडमा घटना तोडमोड बनाइए ६० लाख दलित हतियार सहित आन्दोलनमा उत्रिनुको बिकल्प न रहेको समेत बताइएको थियो।

‘अपराधीको संरक्षण गरिनु कुनै पनि दलित समुदायलाइ मान्य नहुने दलित अगुवा तथा सामजिक अभियान्ता टिबी विश्वकर्मा हिमालले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस