दाङको बेलझुण्डी अस्पतालबाट कोरोनालाई जितेर ८ जना घर फर्किए

दाङ :- कोरोना विशेष अस्पताल बेलझुण्डीबाट आज ८ जना कोरोना संक्रमित निको भएर घर फर्किए । उनीहरु कोरोना भाइरसलाई जितेर घर जान थालेका हुन् ।

दुईपटकसम्म गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई आज घर पठाउन लागिएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्णबहादुर वलीले जानकारी दिनुभयो । व्यवस्थापक वलीका अनुसार आज निको भएर घर जानेमा कपिलवस्तुका ४ जना, बाँकेका ३ जना र दाङको गढवाका १ जना सहित ८ जना छन् ।

उनीहरुलाई आज दिउँसो १२ बजेसम्म औपचारिक कार्यक्रम गरेर विदाई भएका छन् । ४५ जनामध्य ८ जना निको भएपछि अब त्यहाँ ३७ जना कोरोना संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस