पश्चिम् रुकुम हत्याकाण्डको कारबाहीको माग गर्दै सामाजिक अभियन्ता धरम सिंह

काठमाडौं :- प्रेम गर्नु अपराध होईन,प्रेम मार्नु चाहिँ अपराध हो सरकार यहाँ जातीय,धनी र गरिब बिच,छालाको रंग,महिला र पुरुष बिचको भेदभाव अन्त्य गरौँ।लखेटेर,थुनेर मान्छे मार्नु वा मान्छे मार्नु अपराध हो।रुकुमको घटना एउटा जघन्य अपराध हो।
पश्चिम रुकुम मा हत्या गर्ने मान्छेलाई कडा भन्दा कडा कारबाही होस्।

मान्छे मान्छे बिच सदभाव हुनुपर्छ,सदाचार हुनुपर्छ र एकअर्कालाई सम्मान हुनुपर्छ यहाँ जात,बर्ण,धर्मले ठूलो हुने होइन कर्मले हुने हो।आत्मियता सबैभन्दा महान हुनुपर्छ,त्यहीँ आत्मियतामा प्रेम हुन्छ जहाँ धनी,गरिब,रंग,धर्म र जात हुँदैन।यहाँ नेपाली समाज,सम्बन्धित निकाय,र राज्य गम्भीर हुनु आवश्यक छ।यदि यो नै बलियो छैन भने देश कहिल्यै पनि अगाडि बढ्दैन यहाँ केबल हुन्छ त मान्छे मान्छे बिच हत्या नै त्यहीभएर सबै जनाले व्यबहारमा उतारेर सबै नेपाली नै हौ भनेर व्यबहारमा उतारौ।जुन अहिले राज्य ब्यबस्था फेरिएको छ,सत्ता परिवर्तन भएको छ,बलियो कानुन बनेको छ तर हामी सबैको व्यबहारमा लागू भएको छैन।यहाँ साच्चिकै सभ्य मानव बस्छन र राज्यको अलिकति नैतिकता रहेको छ भने हामीले गम्भीर भएर सोच्नु पर्ने समय यहि हो यदि अब पनि नसोछे कहिले सोच्ने त? आत्मसम्मान सबैभन्दा ठूलो कुरा हो।सबै नेपाली नागरिक,आम अधिकारकर्मी र प्रहरी प्रशासन पनि सकारात्मक बन्नुपर्छ।जीवन जिउन सबैलाई प्रेम अपरिहार्य कुरा हो,यो जोसुकै परिवार,साथी,रास्ट्र सम्म प्रेम सबैको हुन्छ।जातीय छुवाछूत जस्ता अन्य विभिन्न किसिमका दुव्र्यवहार गर्ने,गराउने कसैलाई पनि छोड्नु हुन्न सरकार।

जसले गर्दा आजसम्म गरिब,धनी,जात,बर्ण,धर्म,महिला र पुरुष बीच धेरै घटना घटिसकेका छन तर यसलाई सरकारले र आम जनताहरुले व्यबहारमा समेत लागू हुने गरेर यसको अन्त्य गरौं।जसले गर्दा आज हाम्रो समाज बेरोजगार रहनुपर्ने,धेरै जसो पिछडिएका गाउँठाउँमा रहेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु गरिबी रेखामुनि रहेका छन भने कोहि जातीय भेदभाव छुवाछूत कै कारण पछि परिरहेको देखिन्छन् र यसरी नै देश नि झन कमजोर हुँदै गएको छ।यसरी नै हाम्रो समाज विभिन्न अवसरबाट बन्चित हुनुपरेको छ।समय फेरिसकेको छ,कानुन निर्माण भएको छ,समाज पनि केहि परिवर्तन बिस्तारै आउला भनेर आशा जागेको थियो तर व्यबहारमा लागू नै भएको रहेनछ।यस्ता समाज र देशमा रहेका जातीय भेदभाव जस्ता कु-क्रियाकलाप लाई जरो उल्खेल्नु पर्छ र सबै एउटै हामी नेपाली हौ भनेर सोचौं र सोच बदलौ।मानिसलाई ब्यक्तिगत जीवन सांसारिक र सामाजिक परम्पराको निरंतरताका लागि केटालाई केटि र केटिलाई केटा नै चाहिन्छ।जुन आज कोभिड-१९ को कोरोना भाइरसले मान्छेको औचित्यलाई उजागर गरेको छ,यसले गर्दा गरिब-धनी-ठूलो,सानो,गोरो-कालो,महिला-पुरुष भनेर भेदभाव गरेको छैन।

हाम्रो देशमा कोरोना भाइरसको कारणले मर्नेको संख्या कम छ भने यहाँ जातीय भेदभाव,धनीगरिब बिच भेदभाव जस्ता हत्याहिंसाले नै मर्नेको संख्या बढिरहेको देखिन्छ।जन्मदै कुनै मान्छे अपराधी हुँदैन केबल हुन्छ त यहाँ समाजले नै हरेक मान्छेलाई अपराधी या साधु बनाउछ अनि कसरी देश अगाडि बढ्छ।हामी सबै सच्चा नेपाली नागरिक हौ भने यस्ता समस्या लाई व्यबहार बाट नै हटाऔ र देश र जनताका लागि हामी सबै एकजुट भएर अगाडि बढ्नु पर्छ।देश लुटिरहेको छ त्यता तिर ध्यानकेन्द्रित गरौँ बरु यहाँ नेपाली नेपाली बिच युद्ध नगरौं।नेपालमा अर्को समस्या उत्पन्न भएको छ जुन प्रकृति बाट नै उत्पन्न भएको छ त्यसबाट बचौ।

कोरोना संक्रमण बर्तमान परिस्थितिमा आएको एउटा समस्या हो।यो त केही समयमा हराएर जान पनि सक्छ तर देशमा रहेका भाइरसहरु कहिले जान्छन होला सरकार ? जुन हिजो ठूलो दर्दनाक घटना घट्यो,त्यसको छानबिन गरेर कडा भन्दा कडा कारबाही होस।एउटा अन्तरजातीय केटा-केटि बिचको प्रेम के गलत नै थियो?तर जातजाति,वर्ण जस्ता भेदभाव जस्ता कु-क्रियाकलाप लाई हटाएर कानुन बमोजिम यस्ता जातीय भेदभाव तथा अन्य बिकृती लाई हटाएको ५७औं बर्ष भइसक्यो तर हामी सबैको व्यबहार बाट हटेको छैन।केटाले नि त्यसरी रातीको समयमा केटीको घरमा जानू नै थिएन तर यो गल्ती केटा कै थियो भने हत्या नै गर्नु किन थियो?राम्रो सङ्ग बुझेर यसको छानबिन गरेर दोषि माथी कडा कडा कारबाही होस।

पश्चिम् रुकुम हत्याकाण्ड को घटनालाई यो विरुद्धमा आवाज त उठिरहेका छन तर यो आवाज उठेपनि संबंधित निकाय पुर्याउन सके सरकारले सरकारले केही रकम तिराउछ र केही समय कारबाही गर्ला र जबर्जस्ति मेलमिलाप बनाएर छोड्छ होला तर यस्तो हुनुहुदैन सरकार यो घटना सानो बच्चाले गरेको होइन यो देशकै ठूलो घटना हो।यसको लागि दोषि सहित हदै सम्म कडा कारबाही गरियोस।आत्मसम्मान बिमुख हुनुपर्ने वा जस्तोसुकै आधारमा अपमानित हुनुपर्ने अवस्था रहेसम्म अब यस्ता प्रतिशोधका घटना नबढ्लान भन्न सकिँदैन।

कोरोनाको त औंषधि पत्ता लागेपछि सामाजिक दुरि कम हुँदै निको भएर जाला तर यो देशभित्र नै घटेका घटना कहिले हटला यो समाजमा।समाजमा दिनप्रतिदिन यस्तै घटना घटिरहेका छन जसको प्रभावले मानिसहरु दैनिक जसो छिनछिनमा मरिरहेका छन।मान्छेले मान्छेलाई गरिने यो बिभेदमा जातीय आधारमा तथा अन्य कु-क्रियाकलाप बाट जनताहरु पीडा भोगिरहेका छन।दिनप्रतिदिन विभिन्न किसिमका घटना घटिरहेका छन तर सरकार मौन किन रहेको छ।देशमा यस्ता घटना घटेपछि हत्यारा,बलात्कारी,भ्रष्टाचारी लाई जन्म कैद गर्नु पर्ने अवस्थामा अनुसन्धान नै नगरेर चुप लाग्ने हो भने सबै नेपालीहरु दिनप्रतिदिन सहिद बन्छन्।

त्यहीँभएर नेपाल सरकार दोषि लाई जन्म कैद नै गरियोस।ठूलो घटनालाई लुकाईछिपाई गरेर केही पैसाको लोपलालच मा लागेर हुँदैन यस्ता ठुलठुला घटना लाई जोसुकै होस कडा कानुन बनाइयोस तर सामान्य घटना लाई नि कडा कारबाही होस।जुन हिजो घटेको घटना त्यो सामान्य होईन ३/४ जनाको हत्या हुनु भएको सामान्य होइन यो त एकदम ठूलो घटना हो।दोषि लाई कडा भन्दा कडा कारबाही होस र त्यो घटना बाट ज्यान गुमाउने प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु र सत्यतथ्य छानबिन गरेर कारबाही गरौँ।

 

प्रतिक्रिया दिनुहोस