डाेल्पाकाे जगदुल्लामा करेन्ट लागेर प्राविधिककाे मृतु

डोल्पा :- डोल्पा जगदुल्ला गाउँपालिकामा एकजनाको करेन्ट लागेर ज्यान गएको छ । जगदुल्ला गाउँपालिका ५ का ३१ वर्षका केशबहादुर शाहीको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यलय डाेल्पाका प्रमुख डिएपी नारायण रन्जितकारले बताए ।

साेमबार राती कुच्चेखोलामा रहेको विद्युत गृहमा विद्युत सञ्चालन गर्ने क्रममा ट्रान्सर्फमरमा करेन्ट लागेर उनको ज्यान गएकाे प्रहरी प्रमुख डिएसपी रञ्जितकारले जानकारी दिए ।
गत चेत्र २ गतेबाट सञ्चालनमा आएको कुच्चेखोला लघु जलविद्युत आयोजनाको अप्रटेरमा काम गर्दै आएका शाहीको करेन्ट लागेर ज्यान गएको कर्णाली प्रदेश सभा सदस्य वीर बहादुर शाहीले बताए ।

मृतका शाही घर नआए पछि  आफन्तिले खोजिकार्य गर्दै पावर हाउसमा पुगेपछि उनि ट्रास्फर नजिकै मृत अवस्थामा भेटिएकाे पनि प्रदेश सभा सदस्य शाहिले बताए । यस्तै केही दिन अगाडि जगदुल्लामा ट्याक्टर दुर्घना भएर केही व्यक्ति घाईते भएकाे केही समय मै अर्काे घटनाले गर्दा अाफुलाई निकै दुखी तुल्याएकाे प्रदेश सभा सदस्य शाहीले बताए ।
गाउँपालिकाको सरदर एक करोड र बाकिँ ग्रिड नेपालको लगानी बाट निर्माण गरेको ५२ किलोवाट क्षमताको विद्युत सञ्चलनमा आईरहेकाे छ ।

दुईजना अपरेटरमध्ये एक जनाको करेन्ट लागेर ज्यान गएको हाे । करेन्ट लागेर ज्यान गुमाएकाको परिवारले शव बुझेर दाहसंस्कार गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस