खानेपानी माथीको निजीकरण, शुल्क तिर्दा पनि उपभोक्ताको धारा काटियो

दाङ :- दाङको बबई गाउपालिकामा रहेको पुरन्धारा सरसफाइ तथा खानेपानी उपभोक्ता समिती बबई गाउपालिका ०३
ले पानीमाथी निजीकरण गर्ने कोशिस गरेको छ ।
उक्त समितीले बबई गाउपालिका वडा नम्बर ०३ को रातामाटाका बासिन्दाका लागि शुरुमा रु५०० र न्युनतम शुल्क मासिक रु २५ लिई करिब १५ घरको लागि छोडिदिएको एउटा धारा आफ्नो मनमानीले काटिदिएको छ ।

नजिकै रहेको घट्टेखोलामा पनि अर्को खानेपानी आयोजना निर्माणाधीन छ र उक्त १५ घरले यो आयोजना सम्पन्न भएपछी आफू उक्त आयोजनाको उपभोक्त बन्नसक्ने भनेपछि बिना जानकारी पानी काटिएको हो । घट्टेखोलामा निर्माणाधीन खानेपानी आयोजना सम्पन्न हुन अझै १ वर्ष भन्दा बढी लाग्ने भएको र खादै गरेको पानी जबर्जस्ति काटिदिएपछी अहिले उक्त टोलमा पानीको हाहाकार मच्चिएको छ । पानी किन काटिएको भनेर सोध्दा तिमिहरु पछि गएर हाम्रो स्थायी उपभोक्ता बन्ने हो भने पानी दिन्छौं होइन भने हामी यो धारा दिन सक्दैनौं भन्ने तर्क उपभोक्त समितीका सदस्यहरुको छ ।

यो उपभोक्ता समितीले पनि नया ट्यान्की निर्माण गरेर अबको करिब १ वर्षपछि पानी पुर्याउने योजना बनाएको छ । तर टोलबासिहरुले आफुहरुले पहिले नै घट्टेखोलाको पानीको उपभोक्ता बन्ने भनेर पैसा बुझाइसकेकोले अहिले नै यता स्थायी उपभोक्ता बन्न नसकिने भनेका छन ।

उक्त योजनाको खानेपानीको उपभोक्त बन्न नमानेपछी आफुहरुले पैसा तिरेर अहिले खादै गरेको पानी काटिदिएको र समितिले मानवता बिरोधी कार्य गरेको स्थानीयको गुनासो छ ।उपभोक्ता शुल्क रु५०० र न्युनतम शुल्क मासिक रु २५ बुझाएर १५ घरले उपभोग गर्दै आएको एउटा धारा पनि काटिनु गलत कार्य भएको टोलबासिको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस