मान्छे मारेको हैन, दलित मरेको हो भन्ने मुचुल्का बदलिन सक्छ- बिश्वकर्मा

 चितवन–  सदियौ देखि उत्पीडिनमा परेको हामी सम्पूर्ण दलित समुदायमा आज ठूलो बज्रपात भएको छ। ठोलो पीड़ाको महसूस गरी रहेको छन। यश घटनाको सामाजिक संजालमा दलित समाजको मानिसहरु कसैले फोटो शेयर गरेको छन,कसैले प्रेस बिज्ञप्ति जारी गरी रहेको छन, कसैले भिडियो शेयर गरेको छन, त कसैले स्टाटस लेखेर आफ्नो दुख पोखी रहेको छन। गैरदलितहरु संग यस दुखद घडीमा साथ र सहयोगको अपेक्षा गरिरहेका छन। ब्राह्मणवाद द्वारा ग्रसित पाखन्डी गैरदलित समुदाय बाट घटाइएको यस घटनामा गैर दलितलेनै साथ त के देलान तर धेरै गैरदलितमा मानवता पनि देखिरहेको छु।

घटना र रणभुमी बनेको स्थान

भेरी नगरपालिका ४ जाजरकोटको २० बर्षका एक कलीलो युबा नबराज बी.क गहीरो प्रेममा बाधिएको थिए। एक सुंदर यूबती जसको नाम सुस्मा मल्ल ठकुरी हो। यूबती रुकुमकै चौराजहारी नगरपालिका ८ सोती भन्ने ठाउकी हुन। माया यति गाढ़ा थियो की समाजबाट लुकाऊन सकेनन उनी हरुले । सुस्मा नबराजको बहिनीको साथी हुन र साथिको बहाना पारेर नबराज संग माया प्रेम साटा साट गर्नको लागि नबराज को घरमा जाने गर्दथीन। नबराजको गाउँको सबै साथीहरुलाई उसको प्रेमको बारेमा राम्ररी थाह थियो। प्रेम यती गाढा थियो की सामाजिक संजाल facebook मा पनि एक अर्काको फ़ोटो राखथे र फोटोको कमेन्ट मा नई नबराजले प्यारी बूढ़ी भनेर मायाले भरिएको कमेन्ट गर्ने गर्थे ।

दलित र गैर-दलित बीचको प्रेमको कारण नबराजलाई जेलमा हालियो,

चैत्र २०७६ सालमा सुस्माको भाई समेत नबराज को घरमा आएको थियो र चैत्र महिना बाट नै सुस्माको घर परिवार र नाता गोताले नबराज लाई धमकाउन सुरू गरेको थिए । धम्काएर नपुगेपछि सुस्माको परिवार र उनको वार्ड अध्यक्ष मिलेर नबराज लाई चौकीमा पनि हाले। केही दिनमा जेलमा बसेको नबराज लाई धेरै पर्यास गरेर उनकी आमा उर्मिला विस्वकर्माले छुटाएर घरमा लिएर आइन तर नबराजलाई छोड़ाऊन नबराजकै वडाको गैरदलित वार्ड अध्याक्षले पनि साथ दिएको थिएन।

प्रेमले बीबाहको मोड लियो र नबराज आफ्नो बेहूली लिन गए,

कोरोना लक डाउन संसार भर नै छ र नेपालमा पनि चली रहेको छ । यही बेलामा यो २ पबीत्र प्रेमिको मनले बिछोड़को पीड़ा सहन सकेन । एक अर्का संग अलग भएर बस्न नसक्ने भएर नै बिबाह गर्ने सक्ति २ प्रेमी बीच प्रकट भयो र बीबाह गर्ने निर्णए लिए, नबराज र सुस्माले। सुस्माले आफूलाई भगाएर लैजानको लागि नबराजलाई प्रस्ताब राखीन । नबराज एक कलीलो अनि जोसीलो युबा, रोक्न सकेनन आफूलाई र गाउको १९ जना साथी हरु लिएर आफ्नो बेहूली लिन गए भेरी नदी तरेर, सुस्मा को गाउँमा। आफ्नी आमालाई पनि नभनी कन नबराज सुस्माको गाउँ पुगे ।

गाउँ पुगे पछि के भयो ??

गाउँमा नबराज आउदै गरेको कुरा सुस्माको घर परिवारलाई थाह लागि सकेको रहेछ र उनीहरुले पूरै गाउँको मानिशलाई एकजुट बनाएर राखी सकेको रहेछन। नबराज सुस्माको घर जादै थिए साथीहरु संग तर गाउँमा हंगामा सुरू भयो । नबराज र उनको साथी माथि पूरा गाउँको हजारौं मानिशले हमला गरे। अरिंगाल खनिए जसरी खनिए लौरा, ढूङगा र हतियारले प्रेमी नबराज र उनको साथीहरुलाई रगतको खोला बग्ने गरी पिटे। नबराज र साथीहरु तितर बितर भए। धेरै साथी भागेर ज्यान बचाए तर नबराज लगाएत उनको ६ जना साथी तेही हमलामा उठ्न न सक्ने गरि ढले। हमलाको मुख्य टार्गेट(Target)मा रहेक्को नबराज लाई रागतै रगत हुने गरे पिटे र उनको मुटु धड़किन छोड़यो । बेहूली लिन गएको थिए तर बेहूलिको परिवार र गाउँलेले मृत्युको सजाए दिए र लाश भेरी नदिमा फालीदिए। नबराजको एक जना अर्को साथी लाई पनि मारेर भेरी नदीमै फालीदिए र बाकी ५ जना अझै पनि लापत्ता छन ।


नबराज र उनको धेरै साथी आज दलित समाजको सहिद भएको छन जसले अंतर जातीय बिबाह गरेर दलित र गैर दलित समाजलाई एक गर्ने पर्यास गरे।
तपाई भन्नुहोस के नबराज गलत थिए ?? के सुस्मा गलत थीन ?? कस्तो गाढ़ा माया थियो दुबैको तर यही माया नबराजको मृत्युको कारण बन्यो। कारण प्रेम मात्रै थिएन कारण थियो नबराज दलित र सुस्मा मल्ल ठकुरी अर्थात कारण थियो जातको।
सामाजिक संजालमा यस घटना बारे बिबिध पोस्ट र स्टैटस लेखिएको छन जसमा केवल दलित समाजको मानिश मात्रै धेरै छन। मान्छे मर्यो भन्या त दलितपो मरेको रहेछ भन्ने हरु समेत छन तर गैर-दलित समाजको मानिश चुप लागेर तमाशा हेरेको जस्तो देखेन्छ। यति धेरै निर्दयी भएर गैर दलित समाजको मानिशहरुले। दलितलाई सदियौ देखि हेप्दै आएको। सहनसिलताले अब सिमा नाघ्यो।

घटनाको बास्तबीकता आतंकबादको एक रूप

नबराज र उनको साथीको हत्या प्लान गरेर गरिएको हो। चौराजहारी नगरपालिका ८ सोती गाउँको मानिषको जाल(Ambush) थियो। १९ जना केटाहरु नै सखाप पार्ने उनीहरुको यो ठूलो प्लान(Plan) भारतको 26 Nov 2008 को मुंबई Attack र 11 Sep 2001 अमेरीका को Twins Tower Blast गर्ने प्लान भन्दा कम छैन। रुकुम सेती गाउँको मानिश, मुंबई (Mumbai) Attack गर्ने Lashkar-A-Toiba (लस्कर-ए-तोईबा) र America मा Attack गर्ने Alkaida जस्तो आतंकबादी समूहको आतंककारी भन्दा कम छैनन। फरक एती मात्रै हो इनिहारूले बंदूकको ठाउमा लाठी र भाटा पर्योग गरे अनि गोली र बम को ठाउमा ढूङगा र मूढा पर्योग गरे।
पूरै देशमा आतंक मच्चाउने नबराजको र उनको साथीको हत्यारा सोती गाउँको मानिश Terrorist(आतंकबादी) बराबर नै हुन र नेपालको कानूनले।सोही अनुसार पूरा गाउँलाई नै सजाए दिनु पर्छ। सम्पूर्ण दलित भनिएको समुदायले सोही अनुसारको माग र बिरोध गर्नुपर्छ र यो घटना भोली हाम्रो छोरा छोरी माथि हुन नदिनु होला।

दलित भनिएको सबैदाजु भाइ दिदी बहिनी लाई मेरो अनुरोध
दलित समाजको मानिसहरु बिचारको नाममा नफुट्नुहोस धर्मको नाममा अलग नहुनुहोस। एक अर्का संग सद्भाव सहयोग र भावना र पीड़ा बुझेर एक अर्काको सरथी बन्दै एकजुट हुनुहोस ।

प्रतिक्रिया दिनुहोस