बारामा थप एक प्रहरी कर्मचारीमा कोरोना संक्रमण

बारा :- आइतबार एकैदिन जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सर्लाही घर भएका ४९ वर्षीय, कलैया घर भएका ३४ वर्षीय, पर्सा घर भएका ३२ वर्षीय र रौतहटको युमनामाई घर भएका ३४ वर्षीय प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको थियो । बारामा थप एक जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले पर्सा घर भएका २५ वर्षीय प्रहरी कर्मचारीमा कोरोना संक्रमण भएको पुष्टि गरे । योसँगै बारामा मात्रै संक्रमित हुने सुरक्षाकर्मीको संख्या ६ पुगेको छ ।

मुद्दा शाखामा कार्यरत प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएपछि उनीसँग सम्पर्कमा रहेका सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।बालमन्दिर आइसोलेसनमा बस्दै आएका संक्रमित प्रहरी कर्मचारीलाई कलैया अस्पताल ल्याउने तयारी भइरहेको प्रजिअ पण्डितले जानकारी दिए ।

यससँगै बारामा कोरोना संक्रमितको संख्या १७ पुगेको छ । जसमध्ये दुई जना शनिबार वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।

प्रतिक्रिया दिनुहोस