मलेसियामा एउटा हात गुमाएका अन्तरेलाई १२ हजार सात सय पचास आर्थिक सहयाेग

मलेसिया :- मलेसियामा काम गर्ने क्रममा मेसिनमा हात च्यापिएर एउटा हात गुमाएका रामेछाप दिम पोखरी ९ का ठुले कान्छा अन्तरे केसीलाई आर्थिक सहयाेग गरिएकाे छ।मलेसियामा रहेका विभिन्न ब्यक्ति तथा संघसंस्था बाट करिब १२ हजार ७ सय पचास रिङ्गेट सहयाेग गरिएकाे मलेसिया बाट सैलेस सौगातले जानकारी दिएका छन् मलेसियाकाे इपो पेराक राज्य को एम एस बि बि कम्पनीमा कार्यरत केसिले सन् २०१९ अक्टोबर १८ तारिख काम गर्ने क्रममा मेसिनमा च्यापिएर एउटा हात गुमाएका थिए ।

हाल केसिकाे कम्पनीको सक्रियतामा मलेसियामा उपचार भैरहेको छ। मलेसियामा उपचार खर्च कम्पनीले बेहाेरिरहेकाे भएपनी उपचार पश्चात् कृतिम हात राख्न कम्पनीले १०% मात्र रकम बेहाेर्ने जानकारी दिईएकाे र त्यसकै लागी शुशिला दंगल, लक्ष्मी तामाङ र निशा मगरकाे सकृयतामा सहयाेग अभियान सञ्चालन गरि सहयाेग सङ्कलन गरि हस्तान्तरण गरिएको बताईएकाे छ।

अभियानमा सहयाेग गर्ने हरुमा रिमिक्स धमाका राजधानी क्वालालम्पुरका राजेस दाइ आर एम २१४५, रिमिक्स धमाका जोहोरबारु सैलेस सौगात आर एम ११५६, राकेश महताे आर एम १०५, गैर आवसिय नेपाली संघ क्षेत्रीय समिती जाेहाेर आर एम ९५७, TWP कम्पनीमा कार्यरत श्रमिक हरु बाट बाट आर एम १२०० PTB समाज जोहोरबाट आर एम ९९०,नेपाल मगर संघ जोहोर आर एम २००, नोभा सोफा पेक्नास आर एम ४०० लक्ष्मी तामाङ आर एम २०० पि पि एस कम्पनी आर एम ७०० राज होटेल श्री भाग्य आर एम ७००, अर्जुन खड्का आर एम २००, लिला दिदी आर एम २८०,SWM कम्पनी आर एम २००, H B सिसा आलमुनियम आर एम ३९० गोर्खाली होटेल आर एम १०० आदिबासी संघ जोहोर आर एम १८० लेसि कम्पनी आर एम ४००, VWP कम्पनी आर एम ४००,नेपाली सेक्युरिटी आर एम १५१,
सैलेस सौगात आर एम १६५ र IFFCO कम्पनी जाेहाेरबारु बाट आर एम ४१४ रहेकाे सैलेस साैगातले अनलाइन टेलिभिजन मुक्तक माधुरीलाई जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस