के दलितको लागि अधिकार कागजमा मात्र सिमित हो

नमस्कार म कलाकार क्षितिज कुमार रिजालको तर्फबाट अहिले हालसालै घटेको घटना सुन्दा मलाइ दुख लाग्यो। जुन कि रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ ।

आज किन ठुला जातिको खोल ओडेर साना जाति माथी दमन सुरु हुन्छ? के दलित मान्छे होइन र ? के ठुला जातिको शरीर सुनले लेपन भएर बनेको हुन्छ? सम्माननिय प्रधानमन्त्री ज्यु यो कारणले म हजुरलाइ प्रश्न राख्न गोइरहेको छु।
– म जुन देशको नागरिक हो त्यो देशको कार्यकारिणी अधिकार, शक्ति र सत्ता प्रयोग गर्ने सर्वोच्च तहमा तपाईँ हुनुहुन्छ । त्यो शक्ति र सत्ता ‘सामाजिक करार’ बाट तपाईँले प्राप्त गरेको हुँदा मैले तपाईँलाई प्रश्न गर्न पाउने हक छ ।

प्रधानमन्त्री ज्यु आज दलितको अधिकार के कागजि अभिलेखमा मात्र सिमिती हो? कहिले त बोक्सिको आरोपमा कुटिन्छ्न दलित ,कहिले बिबाहको बिषयमा मारिन्छ्न , यदि दलितहरु सधै दमन र ठुला जातिको शिकारमा पार्ने हो भने दलितको लागी कागजी अधिकार पनि हटाइदिनुस कि त अधिकार पुर्ण रुपमा लागु होस यो मेरो मात्र होइन सिङ्गो दलितको अनुरोध हो सम्माननिय प्रधानमन्त्री ज्यु ,

आखिर के फरक छ सानो जात ठुलो जातमा कामी र दमाइ भन्दै आफु ठुलो जातको खोल ओडेर दलितलाइ पशुरुपि ब्याबहार गर्ने सधै तल्लो तहमा राख्ने माहानुभाव त्यो तपाइको शरिरमा लागाएको बहुमुल्य कपडामा पनि दलितको थुक मोलिएको छु अब त्यो पनि च्यातेर फालिदिनुस सोच्नुस त तपाइले आफ्नो शुभकार्यमा हरेक पटक त्यही दलितबाट चोख्याइरहेको हुनुहुन्छ उदारणको लागी तपाइको बिहे गर्दा अगि लागेर जाने त्यती तपाइले अछुती ठानेको दलित नै हुन। अनि आज त्यही दलितमाथी किन हेपिदै आएको छ, तपाइको घरमा लास पर्दा हतार हतार मर्दा फालिने पैसा काट्न जाने त्यही कामी दाइको घरमा नै हो धर्मिक रुपमा हेर्ने हो भने स्वर्गका राजा इन्द्रले समेत सम्मान गरेका थिए बिश्वकर्मालाइ तर याहा त कुकुर भन्दा नि तल्लो मानिएको छ।

तर मैले ठुला जातका सबै मानिसलाइ भन्न खोजेको होइन, कतिपय ठुला जात पनि असल र बुझ्ने हुनुहुन्छ, मैले ठुला जातको खोल ओडेर दलितको दमन र शिकार गर्ने नरपिचासलाइ भनेको हो, सोच्नुस तपाइको घरमा बाउको सरादे हुदा त्यही कामिले बानाएको भाडोले तर्पन दिनुहुन्छ बाउ स्वर्ग तार्न , मर्दा फालिने टिला समेत त्यही कामि जातिलाइ काट्न लागाउनु हुन्छ, कामिको दिसा खाएको कुकुरलाइ घरमा छिराउनु हुन्छ, अनि त्यही दलितलाइ कतिन्जेल आफ्नो दमन र शिकारमा पार्नुहुन्छ ठुला जातिका महोदय, फेरी मैले तपाइको घरमा प्रत्येक दलितलाइ छिर्नै दिनुस भन्न खोजेको होइन ,तपाइको घरमा त तपाइको अधिकार हो चाहे छिर्न दिनुस चाहे नदिनुस त्यसमा केहि गुनासो छैन।मात्र गुनासो छ दलितलाइ किन दमन र शिकारमा पार्नुहुन्छ, बाच्छो भएर दुख खाएर घोडा चढ्ने प्रवृत्ति कहिले सम्म हुन्छ।

हिजोको जुन घटना नबराज बि.क लाइ बिबाहको निहुमा कुटेर मारियो। वा. वा. वा. कति ठुलो काम गर्नुभयो है, तपाइहरुको मनमा राज्य आफ्नै हातमा लिएजस्तै भयो होला, आखिर त्यही अबस्थामा तपाइहरुको छोरा भैदिएको भए कति मन दुख्थ्यो होला तपाइ सोच्नुस त नबराज को परिवार कति दुखमा होलान आमाले नौ महिनासम्म दुख सुख गरेर हुर्काएको छोरा कति खाइ नखाइ खुवाएर बुढेसकालको साहारा लुटिदिनु भयो त्यो आमाको आसुले तपाइहरुलाइ कहिले बाटो दिने छैन।आखिर नबराज र तपाइहरु उहि नेपाल आमाको कोखबाट नै जन्म लिएको त हो,आखिर जुन जात भए पनि सबै नेपाल आमाको सन्तान हौ, बिचरा ति दलितलाइ मरुनजेलसम्म कुटिरहदा अलिकती पनि दया पलाएन है यो पनि हाम्रो जस्तै सन्तान हो भनेर अझ आफुलाइ ठुला जात भनेर गर्व थान्ने महोदय
हो उनिसग प्रेम रहेछ त अरु बाटो लगाउन सक्नुहुन्थ्यो आफ्नो छोरिलाइ नि सुधार गर्न सक्नुहुन्थ्यो बार बारे त तिल अबस्य जोगिन्छ भन्ने भनाइ त छ नि तर एउटा दलितलाइ त्यसरी पिटेर मार्नुभयो, तपाइहरु ठुला जाती होइन ठुला जातिको खोल ओडेर राक्षसि प्रवृत्ति देखाउने नरपशु हो महोदय

साथै नबराज बि.क प्रती हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै यदि नबराज बि.क को हत्यारालाइ कानुनी कार्बाही भएन भने सिङ्गो दलित सडकमा निसक्ने छन।
हत्यारालाइ कडा भन्दा कडा कार्बाही होस् सरकार ।
कलाकार क्षितिज कुमार रिजाल
काभ्रेपलान्चोक, नेपाल

प्रतिक्रिया दिनुहोस