परिवर्तन नभएको त्याे रुकुम

काठमाडौं :-

गाेलि बारुद बाेकेर क्रान्ति गरेकाे त्याे रुकुम,
१० वर्षे जनयुद्ध सफल पारेको त्याे रुकुम ।।
अझै त्यस्तै छन उस्तै छन मनमा कु-विचारहरु,
गैचि बेल्चा बाेकेर बाेटाे खनेकाे त्याे रुकुम ।।

हजारौं लाखौं सहिदहरुले रगत बगाएको त्याे रुकुम
समृद्ध नेपाल बनाउछाै भन्ने त्याे रुकुम ।।
अनि क्रान्ति जारी छ भन्ने ती राता मान्छेहरु,
आज विचार र साेचले दरिद्र भएकाे त्याे रुकुम ।।

सभ्य समाज निर्माणमा हिडेकाे त्याे रुकुम ,
अन्याय र अत्याचार विरुद्ध लडनु छ भन्ने त्याे रुकुम ।।
अर्थ विहिन भएछ क्यारे त्याे लडाइँ अनि क्रान्ति,
ए साचि भेदभाव छुवाछूत नमेटिएकाे त्याे रुकुम ।।

(कुनै ठाउँ विशेष नभई समग्र देशमा समर्पित) – सि.एम विश्वकर्मा , दाङ

 

प्रतिक्रिया दिनुहोस