नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुग्यो, आज थप १९ जनामा कोरोना पुष्टि

काठमाडौं :- कोरोना परीक्षणमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमित संख्या ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । त्यसैगरी, थप सातजना निकाे भएका छन् । आइसाेलेसनमा ५१३ जना बसेकाे कुरा उहाँले जानकारी दिनुभयाे । मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । याेसँगै नेपालमा ४२ वटा जिल्लामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस