टुइटरमा रत्नसन्सार यस्तो आग्रह गर्छन्

पछिलो समय नेपालमा टुइटर प्रयोगकर्ता को ह्वात्तै वृद्धि भएको छ । आफ्ना विचारमा तर्कहरु राख्नलाई अक्सर प्रयोग गरेको पाइन्छ ।

आज एक टुइटर प्रयोगकर्ता रत्नसन्सार श्रेष्ठले सम्पुर्ण मन्त्री तथा सांसदहरुसंग एक अपिल गरेका छन् । जस्लाइ राप्रपाका अध्यक्ष कमल थापाले राम्रो सुझाव भन्दै रिटुइट समेत गर्न भ्याएका छन् ।

रत्नसन्सार श्रेष्ठले टुइट मार्फत के अपिले गरे?

सुरुवातमा उनी लेख्छन् , सबै मन्त्री तथा सांसद मित्रहरु संग आग्रह :
उनी थप्छन् , अहिले निशान छाप संशोधन गर्न लागेको हुनाले यहि बेला हात मिलाएकोलाइ नमस्कारले प्रतिस्थापन गरियोस् ,
उनी थप्छन् ;स्मरणीय छ । हात मिलाउने , अंकमाल गर्ने, चुम्बन गर्ने आदि नेपाली परम्परा हैन । साथै उनी थप्छन् , यो उपयुुक्त पनि छैन, हात मिलाउदा रुघाखोकी समेत सर्न सक्छ ।

तपाईं को बिचार राख्नुहोस।

प्रतिक्रिया दिनुहोस