शनिबारको दिन बिहानी पख

शनिबारको दिन बिहानी पख देखे मैले एउटि सुन्दरी, यो गित निकै लोकप्रिय छ । कतिपयलाई यो सुनिसकेपछी मात्र शनिबार आएको महशुस हुन्छ । यो गितमा रमाउने थुप्रै छन् ।

गितसङ्गितले हरेकको मनोबल बढाउन सक्छ ,यसमा कुनै दुइमतनै छैन । संगीत बिना जीवन अकल्पनीय छ । वास्तविकता मा भन्नू पर्दा हामी अधुरो छौ । हामी कुनै न कुनै आयाम मार्फत गित संगीतसङ्ग जोडिन पुगेकाहुन्छौ ।

आज हामीले गित संगीत को महत्त्वको बारेका चर्चा गर्दैछौ । गित संगीत ले खेलेको भुमिकाको बारेमा बर्णन गर्दैछौ । गित हामी प्रायः गुनगुनाइ रहेका हुन्छौ । जुनसुकै भाषाका गित होस् , सुन्दा मनोरञ्जन प्राप्त गर्न सक्दछौ । त्यसको आसय महशुस गर्न सक्दछौ ।

गित को माध्यम बाट हामी हरेक शिक्षा लिन सक्छौ । सिकाउन सक्छौ । हाम्रो दिमागले गितको भाषा छिट्टै बुझ्न सक्छ । यो त विभिन्न तथ्यहरु ले पनि पुष्टि गरेका छन ।

झन यसले खाली समयको सदुपयोग गर्न निकै महत्त्वपूर्ण भुमिका खेल्ने गर्छ । अहिले कोरोनाका कारण मुलुक लकडाउनमा छ । आम मानिसको दिन काट्ने सजिलो उपाय बन्न पुगेको छ ,गित संगीत ।

त्यसैले गित संगीतले हामी माथी पुर्याएको योगदान निकै अतुलनीय छ ।

प्रतिक्रिया दिनुहोस