आज शनिबार , कालभैरवको दर्शन गर्नुहोस्

कालभैरव काठमाडौंको हनुमानढोका दरवार स्क्वायरमा रहेको भैरवस्थान हो। यसलाई काठमाडौं भैरवस्थान भनेर पनि चिनिन्छ।

यस काल भैरव को मुर्ति मल्लकालिन काठमाडौं का बासिन्दा ले नागार्जुन पहाड उत्खनन गर्दा भेटेर काठमाडौ को वसन्तपुर मा ल्याइ स्थापना गरे । मल्लकाल को उत्तरार्ध सम्म यो तत्कालीन नेपाल न्यायालय को रूपमा प्रयोग गरिन्थ्यो ।

त्यस बेलामा यस मुर्ति को अघि आएर अपराधी लाई अपराध कबुलन लगाइन्थ्यो ।यदि संदिग्ध ले झूटो जवाफ दिएमा निज यसै मुर्ति को अघि रगत छादेर मृत्यु हुन्छ भन्ने जनविश्वास थियो ।

प्रतिक्रिया दिनुहोस