सामाजिक दुरि कायम राख्दै सामाग्री खरिद

गुल्मिको धुर्कोटमा कोरोनाको महामारी बढे संगै सामाजिक दुरि कायम राख्दै खाद्यान्न सामाग्री खरिद गर्न सुरु गरिएको छ । पछिल्लो समयमा मानिसहरु सजक र संयम बन्दै गएका छन् ।

गुल्मिको धुर्कोट गाउपालिकाको छिमेकी मदाने गाउपालिकामा कोरोनाको संक्रमण देखिए पछि झन त्यहाँका मानिसहरु सचेत बनेका छन ।

खाद्यान्न तथा अत्यावश्यक सामाग्री खरिद गर्न अहिले त्यहा सामाजिक दुरि कायम गर्न थालिएकोछ । नेपालमा संक्रमीतको संख्या ५१६ पुगेको छ भने निको हुने को संख्या ७० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस