अपरेटर गुरुङको परिवारलाइ अपरेटर दिपक घलान र डिल्ली खड्का बाट १०/१० हजार सहयोगको घोषणा

काठमाडौ -डोजर अपरेटर तथा सवारी चालक संघ नेपाल अन्तर्गत अपरेटर्स भिजन कर्पोरेसनले अभियाननै चलाएर मृतक अपरेटर चित्रकुमार गुरुङ्को परिवारको लागि स्वैच्छिक सहयोग सनंकलनमा समाजसेवी, ब्यवसायी अपरेटर दिपक घलान काठमाडौ र डिल्ली खड्का सल्यान ज्यू बाट १०/१० हजार रुपैया सहयोग गर्ने घोषणा गर्नु भएको छ।

२०७६ चैत २३ गते ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका लेलेप स्थित दोभान–ओलाङचुङगोला उत्तर-दक्षिण सडकअन्तर्गत सडक खन्ने क्रममा माथिबाट झरेको ढुंगाले एक्स्काभेटरमा लागेको र ढुंगासँगै उछिटिएर इच्छाकामना गाउँपालिका ३ चितवनको २७ वर्षीय चित्रकुमार गुरुङको ज्यान गए पछि उहाको परिवारको पारिवारिक अवस्थालाई नियाल्न पुगेका डोजर अपरेटर तथा सवारि चालक संघ नेपालका अध्यक्ष तथा अपरेटर भिजन कर्पोरेसन अभियानको अभियान्ता टि वी विश्वकर्मा हिमालले स्वेच्छिक सहयोग संकलन अभियान चलाएर सम्पुर्ण सहयोगी मनहरु समक्ष पुग्ने क्रममा घलान र खड्का कहाँ पुग्दा सो रकम सहयोग गर्ने प्रतिबद्धता दिनु भएको हो। संकलित रकम एक विशेष कार्यक्रम आयोजना गरि इन्देणी कार्यक्रम द्वारा हस्तान्तरण गरिने भएकोले सम्पुर्ण डोजर र अपरेटर जगतलाइ माया गर्ने हरुले आफ्नो गक्षानुसारको सहयोग गरिदिन सबैलाइ अध्यक्ष विश्वकर्माले अनुरोध गर्नु भएको छ।

प्रतिक्रिया दिनुहोस