चर्को घाम देखि पनि नडराउने कोरोना

कोरोनाले यति बेला बिश्व नै आक्रान्त बनेको छ । सबैको साझा समस्याका रुपमा देखा परेको छ । बिश्वका ठुला राष्ट्रहरु लाई समेत यसले छोडेको छैन । अघि अछी युरोप , अमेरिका भन्ने हरु लाई पनि गतिलो प्रहार गरेको छ ।

धनी, गरिब सबैलाइ समान रुपले हेरेको छ । धनिलाइ नलाग्ने, गरिबलाई लाग्ने भएको भए अझै युरोप , अमेरिका बस्नेहरुको फुर्ति बढ्न सक्थ्यो तर सबैलाइ यति बेला हामी सबै समान हौ भन्ने पाठ सिकाएको छ ।

विकसित राष्ट्रहरुमा झन यो उग्र रुपमा देखा परेको छ । हजारौको संख्यामा दिनहुँ मानिसहरुले ज्यान गुमाएका छ्न । यो अति नै दुःखद् खबर हो । पैसाले मात्र सबै हुदो रहेनरहेछ , लास हरु अस्तब्यस्त छ्न । ठाउँ लगाउने कुनै टुंगो नै छैन ।

कोरोना अहिले महा बिपतको रुपमा खडा भएको छ । यस बाट नेपाल पनि अछुतो भने छैन दिनहुँ संक्रमण बढिरहेको छ । मृत्यु हुनेको संख्या पनि ३ पुग्यो । यति बेला आम मानिस मा सन्त्रास उत्पन्न भएको छ । कतै हामीलाई पनि कोरोनाले भेटी पो हाल्छ कि?

अहिले मानिसहरु युरोपेली मुलुकहरुमा जस्तै बिपत्ति आउन सक्ने अनुमान पनि लगाउन थालिसकेका छन् ।

पहिले पहिले सुरुवाती चरण कतिपयले यस्तो पनि भन्ने गर्थें गर्मी महिना मा कोरोना लाग्दैन । नेपालमा अब गर्मी को सुरुवात भैसक्यो । कोरोना भाग्नु पर्ने खोइ त? झनझन् संक्रमण फैलिएको छ । एकदुइ पटक पानी, आधी, आउदा समेत मानिसहरु भन्ने गर्थे मौसमले पनि कोरोना लाई साथ दिदैछ । ताकि चिसो मौसम गर्‍यो कि कोरोनाले भेटी हाल्छ ।

तर यो त अफवाह हल्ला मात्र रहेछ । अहिले तराईमा कोरोना को महामारी संगै उत्तिकै गर्मी ले पनि सताएको छ ।खोइ त कोरोना भागेको ।

हल्लाको पछि नलागौ । विस्वासीलो खबर प्रती मात्र भर परौ ।

प्रतिक्रिया दिनुहोस