पाकिस्तानमा कोरोनाबाट मृत्यु हुनेको संख्या हजार नाघ्यो

पाकिस्तानमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म पाकिस्तानमा कोरोना भाइरसका संक्रमितको संख्या ४८ हजार ९१ पुगेको छ ।
साथै अहिलेसम्म कोरोना भाइरसबाट एक हजार १७ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म पाकिस्तानमा १४ हजार एक सय ५५ जना संक्रमित निको भएर घर फर्किसकेका छन् । पाकिस्ततानको बोलोचिस्तान कोरोना भाइरसबाट सबैभन्दा प्रभावित देखिएको छ

प्रतिक्रिया दिनुहोस