आज रातिदेखि झापाका सबै नाका सिल गरिने

भद्रपुर -: झापामा कोराना भाइरसको सङ्क्रमण देखिएका व्यक्तिको संख्या २७ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले बिहीबार बिहान जारी गरेको प्रेस विज्ञप्तिमा कचनकवल गाउँपालिका वडा नं ३, ६ र ७ का १५ थपिएको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले हस्ताक्षर गरेको विज्ञप्तिमा १८ देखि ४६ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

योसँगै कचनकवल गाउँपालिकामा मात्रै सङ्क्रमितको संख्या २५ पुगेको छ । भारतका विभिन्न स्थानबाट मंगलबार आएका उनीहरुलाई केचनाकै सीमा क्षेत्रबाट उद्धार गरी पालिकाले तयार गरेको क्वारेन्टिनमा राखिएको थियो ।

क्वारेन्टिनमा बसेका ६५ जनाको स्वाब सङ्कलनका मंगलबार नै कोशी अस्पताल विराटनगर पठाइएको थियो । त्यसमध्येबाट पाँच जनाको बुधबार नै कोराना पुष्टि भएको थियो भने थप १५ जनाको पिसीआर रिपोर्ट पोजेटिभ आएको बिहीबार बिहान विज्ञप्ति जारी गरी मन्त्रालय जनाएको छ ।

यसअघि सो पालिकामै भारतको मुम्बइबाट आएका १० युवामा कोरोना पुष्टि भएको थियो । पालिकामा सङ्क्रमित भेटिएसँगै जेठ ११ गतेसम्म सिल गरिएको छ । भारतबाट आउने नेपाली नागरिकलाई सुरक्षितरूपमा क्वारेन्टिनमा राख्ने काम भइरहेको जनाइएको छ ।

यसअघि दमक र बाह्रदशीमा दुई जनामा कोरोना पुष्टि भएको छ । उनीहरु उपचारपछि निको भएर घर फर्किसकेका छन् । यहाँको काँकडभिट्टा, कचनकबल, टाघनडुब्बा र गौरीगञ्जबाट सयौँको संख्यामा भित्रिरहेका नेपालीका कारणसमेत झापा प्रदेशको ‘डेन्जरजोन’मा परेको हो ।

विर्तामोड नगरपालिकाले कोरोना भाइसकको सङ्क्रमण फैलिन नदिन बिहीबार राति १२ बजेदेखि नगर सबै नाका सिल गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस