डाेल्पामा पत्रकार सहित २९ जनाकाे (पिसिआर)परिक्षणकाे लागी स्वाब संकलन

डोल्पा :- डाेल्पा जिल्लामा कार्यरत ७ जना पत्रकार सहित विभिन्न २९ जना व्यक्तिहरुकाे काेराेना परिक्षण स्वाब संकलन गरिएकाे छ । डाेल्पा जिल्लामा विभिन्न सन्चार माध्यममा कार्यरत ७ जना पत्रकार लाई सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशकाे सहयाेग र नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश,जिल्ला प्रशासन डाेल्पा,स्वास्थ सेवा कार्यलय डाेल्पाकाे समन्वयमा स्वाब संकलन गरि पिसिआर टष्टकाे लागि सुर्खेत पठाईएकाे छ।

यस्तै साेमबार जिल्ला समन्वय प्रमुख,प्रमुख जिल्ला अधिकारी,साहयक प्रमुख जिल्ला अधिकारी,जिल्ला प्रहरी प्रमुख,नेपाली सेनाका प्रमुख लगायत साेही व्यक्तीका (सेक्रेटरी) सुरक्षा गार्डहरुकाे पनि पिसिआर रिपाेर्टकाे लागि स्वाब संकलन गरिएकाे छ । यस्तै ठुलिभेरी नगरपालिका का केही जनप्रतिनिधि,कर्मचारी र स्वास्थ सेवा प्रमुख सहित केही स्वास्थ कर्मिहरुकाे स्वाब संकलन गरिएकाे जिल्ला प्रशासन कार्यलय डाेल्पाले जनाएकाे छ ।

डाेल्पा जिल्ला अहिले सम्म काेभिड-१९ काे अबस्था सामान्य भएता पनि कामकाे शिलसिलामा धेरै भिडभाड मा जानू पर्ने व्यक्तिहरु स्वास्थ कर्मि,पत्रकार,प्रशासनका कर्मचारीर,सुरक्षा कर्मिहरु,जनप्रतिनिधि र कर्मचारीहरुलाई सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश सरकारकाे सहयाेग तथा प्रशासन,स्वास्थ कार्यलयकाे समन्वयमा २९ जनाकाे स्वाब संकलन गरि सुर्खेत पठाईएकाे प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले बताए ।

डाेल्पाका विभिन्न २९ जना व्यक्तिहरुकाे संकलन गरिएकाे स्वाब आईसमा राखेर साेमबार नै पैदल हुँदै (गाडिमा) कर्णाली प्रदेश सुर्खेतमा पठाईएकाे जिल्ला अस्पताल डाेल्पाका प्रमुख डाक्टर सिजन रावल ले जानकारि दिए । काेराेना बाट बच्नकाे लागि सबैलाई घरमै बसेर सुरक्षित रहन साथै आत्मबल बढाउन डाक्टर रावलले आग्रह गरेका छन । स्वाब संकलन गरिएकाे सबैकाे रिपाेर्ट २/३ दिन पछि आउने जनाईएकाे छ ।

प्रतिक्रिया दिनुहोस