नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुग्यो, २९२ जना संक्रमित

काठमाडौं । बाँकेको नरैनापुरमा क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवकको पनि कारोना संक्रमणबाट मृत्यु भएको भएको छ । उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

यसअघि बिहीबार सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको मृत्यु भएको थियो ।आइतबार बिहान मृत्यु भएका युवा रोजगारीको लागि भारतको मुम्बई गएका थिए । उनी वैशाख ३० गते नेपाल आएका थिए। भारतबाट आएका उनलाई सिधै क्वारेन्टिनमा लगिएको थियो । मृत्यु हुनुअघि आइतबार बिहान ४ बजेतिर उनले अचानक दुई पटक बान्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस