कोरोनाबारे सरकारलाई नै ज्ञान छैन : देउवा

काठमाडौं :- प्रमुख विपक्षी दल नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले सरकारलाई कोरोनाबारे ज्ञान नभएको टिप्पणी गरेका छन् ।

आइतबार संसदमा बोल्दै देउवाले कोरोना महामारीको पूर्वतयारीमा सरकार चुकेको बताए । उनले भने, ‘यो सरकारलाई कोरोनाले गर्न सक्ने र गरेको क्षतिबारे ज्ञान नै छैन ।’

देउवाले यस वर्षको नीति तथा कार्यक्रम हेर्दा जनताको पीडा बुझ्ने हृदय नै नभएको बताए ।

“कोरोना महामारीको बेलामा अत्यावश्यक सामग्री र औषधीसमेतमा भ्रष्टाचार भएको भनि प्रश्न उठ्नु, त्यसमा छानबिन हुनुको साटो प्रधानमन्त्री आफैँ भ्रष्टाचारजन्य घटनाको बचाउमा उत्रिने र उन्मुक्ति दिने जस्ता घटनाले सुशासन र सदाचारको विषयमा सरकार पूर्ण असफल भएको पुष्टि हुन्छ,” देउवाले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस