मृतक महिलाको परिवारको स्वाब संकलन, उपचारमा संलग्न १० जनालाई क्वारेन्टाइनमा लगिँदै

काठमाडौं :- कोरोनाका कारण धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ९ की २९ वर्षीया एक सुत्केरीको परिवारको स्वाब निकालेर परीक्षण सुरु गरिएको छ ।
साथै उनको उपचारमा संलग्न १० जना स्वास्थ्यकर्मी र कर्मचारीलाई क्वारेन्टाईनमा राखिदैछ ।
धुलिखेल अस्पतालले मृतक महिलाको उपचारमा संलग्न १० जनाको टोलीलाई क्वारेन्टाइनमा राख्ने तयारी गरेको स्रोतको दाबी छ ।

शनिबार दिउँसो मृतकको श्रीमान, सासु र नन्दको स्वाब संकलन गरिएको बुझिएको छ ।
वैशाख २३ गते टिचिङ अस्पतालमा भर्ना भएर २४ गते सुत्केरी भएपछि उनी २५ गते डिस्चार्ज भएर घर गएकी थिइन्। घरमा पुगेपछि ज्वरो, स्वासप्रश्वास लगायत शारीरिक समस्या आएपछि धुलिखेल अस्पतालमा ल्याइएको थियो। आरडीटी परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उनको पीसीआर परीक्षण गरिएको थियो ।

पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको थियो । त्यस पछि थप एकिन गर्न उनको स्वाब टेकु पठाईएको छ ।
यद्यपि, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ती सुत्केरी महिलाको मृत्युको सम्धन्धमा विस्तृत विवरण प्राप्त भईसके पछि प्रशारण गर्ने बताए ।
उता ती महिलाको गाँउ बाह्र बिसेलाई समेत सिल गर्ने तयारी भएको खबर छ ।

विस्वभर कोरोना भाईरसको कारण मृत्यु हुनेको संख्या तीन ३ लाख ८ हजार नाघ्यो, संक्रमित पनि ४६ लाख पुग्यो

प्रतिक्रिया दिनुहोस