थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २७८ पुग्यो

काठमाडौं :-  नेपालमा थप दुई जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ  ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार महोत्तरीका ५२ वर्षीय एकजना पुरुष र काभ्रेपलाञ्‍चोकका २६ वर्षीय अर्का पुरुषलाई कोरोना संक्रमण देखिएको हो। अहिलेसम्म ३६ जना संक्रमित निको भएर घर फिरेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ।

प्रतिक्रिया दिनुहोस