कोरोनाको त्रास :- कहाँ चुक्यौं हामी

काठमाडौं :- भारतको बिहारका लागि छुटेका केहीमात्र रेल पटनासम्म आएका छन्। गोवादेखि बिहार र उत्तर प्रदेशसम्म रेल सेवा जोडिँदैछ – श्रमिकहरुलाई बोकेर। कोरोना संक्रमणबाट जोगिनका लागि आप्रवासी कामदारलाई उनीहरुको ठाउँमा फिर्ता पठाउनुलाई सबैभन्दा सहज उपाय ठानिरहेका छन्, भारतका राज्य सरकारहरुले। उनीहरुले चलाएको श्रमिक रेलका डिब्बाहरुमा भारतीयमात्र होइन, नेपाली श्रमिकहरु पनि आउने निश्चित छ। बिहार र उत्तर प्रदेश हुँदै नेपाली सीमासम्म उनीहरु आइपुग्नेछन्। उत्तर प्रदेशका मुख्यमन्त्रीले त नेपालीहरुलाई सीमासम्म पुग्ने व्यवस्था मिलाउन नै निर्देशन दिइसकेका छन्।

त्यसपछिको विकल्प के? यसरी सीमासम्म आइपुगेका नेपालीले के गर्ने? आफैँ अनिर्णयको बन्दी बनिरहेको सरकारले बैध बाटोबाट आएकालाई रोक्ने बाहेक अबैध बाटो बन्द गर्न सकेको छैन। हिजो थपिएका अधिकांश कोरोना संक्रमितहरु चोरबाटोबाट भित्रिएका थिए। लुकीछिपी भारतबाट भित्रिनेका कारण सीमावर्ती क्षेत्रका क्वारेन्टाइनमा मानिसहरुको संख्या दिन दुगुना, रात चौगुना बढिरहेको छ। जहाँ स्थानीय निकाय सक्रिय भएको छ, त्यहाँ यसरी भित्रिएका मानिसलाई क्वारेन्टाइनमा राखिएको छ। तर, सबैठाउँमा स्थानीय निकायको उपस्थित देखिन्न। मानिसहरु राति सीमाबाट लुकेर भित्रिएका छन् र आफ्नो घर पुगेका छन्।

सीमामा संक्रमितको संख्या जसरी बढिरहेको छ, त्यसलाई नियन्त्रणमा लिने हो भने सरकार अहिलेजस्तो सुतेर त सम्भव नै छैन। नाकाबाट व्यवस्थित तरिकाले मानिसहरु भित्रिएका हुन्थे भने तथ्याङ्कहरु पनि सही मिल्न सक्थ्यो, क्वारेन्टाइन व्यवस्थित हुनसक्थ्यो। उनीहरुको परीक्षण पनि व्यवस्थित हुनसक्थ्यो। तर, नामको लकडाउन, नाममात्रकै सीमा बन्दले आवतजावत रोक्न सकेको छैन। त्यसैले व्यवस्थित रुपमा नेपालीलाई देश भित्र्याउनु, लामो समय क्वारेन्टाइनमा राख्नु र पर्याप्त परीक्षण गर्नुको विकल्प छैन।

हाल हालसम्म नेपालमा संक्रमितको संख्या २७६ पुगेको छ र प्रदेश न:२ कोरोना भाईरसको केन्द्र बिन्दु बनेको छ र अहिले सम्म प्रदेश न:२ मा १०० भन्दा माथि नाघिसकियो र अब आउने दिन भन्न सकिन के हुन्छ भनेर र सार्क राष्ट्मा हेर्न हो भने नेपालमा कोभिड19बाट कोही मरेको छैन। नेपालमा अहिले सम्म जति संक्रमित भेटिएको छ सबै जना समान्य अबस्थामा छ र जटिल केस आएको भए के हुन्थियो होला एक चोटी कल्पना गर्नुहोस ।भारतिय नाकामा कडाई गर्न एकदम जरूरी देखिन्छ र टेष्ट संख्या बढाउन जरूरी छ ।

लकडाउनको मोडेल बदलिनु पर्छ र अहिले प्रत्येक पालिका ले आ-आफ्नो क्षेत्र कडाई गर्नु पर्छ । पालिका ले आरम्भ गरे मात्र कोभिड १९ बाट बच्न सजिलो हुन्छ । प्रदेश न:२ को सरकारले क्वारेनटाइनबाट भाग्नेहरूलाई कडाकर्बाहीको कानुन बनाउनु पर्छ कि कोही भाग्न नपाओस् ।

यो प्रदेशको सरकार ले किसानहरूको लागि राहतको प्याकेज को ब्यवस्था गर्नु पर्छ र गरीबहरूको लागि पनि गर्नु पर्छ र साथै यो प्रदेशमा ५ बर्षमुनिको बच्चाहरूको लागि पनि प्याकेजको ब्यवस्था गर्नु पर्छ किन भने युनिसेफले भनिसेको छ अर्को ६महिना सम्ममा नेपालमा ४००० बालबालिका मृत्यु हुन्नसक्छ । यो लकडाउन अबधि भर जति गाडीहरू समातिन्छ कहिले सम्म लकडाउन हुन्छ त्यति बेला सम्म गाडीहरू छोडनु हुदैन र आफै गाडीहरू गुडाउँदैन। बोडरतिर कर्फ्यु लगाउन एकदम जरूरी छ किन भने भारतबाट कोही पनि आउन नपाऔस र प्रदेश सरकारले उनीहरूलाई भारत मै ब्यवस्था गर्नु पर्छ र टेष्ट गरेर मात्र नेपाल प्रवेश गर्न दिनुपर्छ।

जाबो रुघाखोकी त हो भनेर हामीले कोरोनालाई हेप्यौ कति जनाले । संक्रमित बढ्दै छन र कति संक्रमित त संक्रमण छ भन्ने थाहा नपाई अरुलाई सार्दै हिडिरहेका छन। हामीलाई हाम्रो स्वास्थ्य सेवा को सीमा र भोली यसै गरी संक्रमित बढेमा बाटो मै ज्यान जान्छ थाहा छ तर पनी संवेदनशीलतामा कमी भयो। रोजनामा कमी भयो। अब निम्न काम गरौं।

१. प्रभावित जिल्ला र स्थान बिशेषलाई पुरै सिल गरौ। बढि प्रभावित स्थानका सबैको चेक जांचलाई कुनै बिलम्ब नगरी रातारात बढाऔं।
२. भारतले नेपालीहरु फर्कीन खोजेमा लुखुर लुखुर छोड्ने अबस्था छ। उनीहरुलाई चोर बाटो छिरेर गांउ गांउमा संक्रमण फैलाउन दिनु भन्दा आधिकारिक डाटा राखि सिमा क्षेत्र कै होटल, स्कुल, पार्टि प्यालेसलाई क्वारेन्टाईन बनाऔं। क्वारेटाईनको शर्तहरु कडाई बनाउन र उल्लंघन गर्नेलाई जेलकै ब्यबस्था गरौं।
३. अत्यावश्यक सेवाको नाममा धेरै संघ संस्था खोल्ने काम बन्द गरौं। जीविकोपार्जनका लागी चाहिने न्युनतम सेवा दिने संस्था, स्वास्थ उपचार गर्ने र हिडडुल गर्ने पर्ने वाहेकलाई आवतजावत बन्द गरौ। यस्तै आवश्यक संस्था का कर्मचारी पनी आवश्यक परेमा बोलाईने शर्तमा घर मै राखौं।
४. कम्प्युटर बाटै, फोन बाटै सम्पन्न हुन सक्ने र अनलाइन मिटिङ बाटै सम्पन्न हुन सक्ने कामको लागी पनी लखर लखर गर्दै आउ भनेर अफीस मै बोलाउने प्रवृति बन्द गरौं।
५. भारतमा बढ्दो संक्रमण हामीलाई सबैभन्दा बढि खतरा हो। बढि प्रभावित क्षेत्रका नाका र चोर बाटोहरुमा कडाई गरौं।
६. अत्यावश्यक काम पारेर निस्किनै पर्ने अबस्था बाहेक बाहिर ननिस्कियौ।
७. कोरोना राहतको नाममा जहां पायो त्यही जाने गरी कुनै कोष र संस्थाको पैसा बितरण गर्ने गरी राज्य र नियामकले निर्दैशन नदेओस्। जती हुनसक्छ रकम एउटा कोषमा राखौं, पहिला स्वास्थ र गासबास को लागी जोहो गरिने रकम अनुमानीत छुट्याई, प्रभावित व्यक्ति र प्रभावित क्षेत्र को सहि तथ्याङ्क संकलन गरी बचाउने कुरालाई प्राथमिकतामा राखी राहत नगद मै दिंऔ

आकाश प्रसाद यादव
जनस्वास्थ्यको विधार्थी

प्रतिक्रिया दिनुहोस