उत्पादित तरकारीकाे मूल्य र बजारीकरणमा लकडाउनकाे प्रभाव

दाङ :- देशमा यतिबेला काेभिड १९ अर्थात काेराेना भाईरसका कारण लकडाउन भैरहेको छ । नेपालमा पनि दिन प्रतिदिन काेराेनाबाट संक्रमित देखिँदा सबै माझ डर त्रास फैलिएको छ। लकडाउनका कारण देशकाे अर्थतन्त्रमा असर त पर्ने नै भयाे तर वर्तमान अवस्थामा उत्पादित भएका तरकारीहरु विक्री वितरणमा अत्यन्तै समस्या परेकाे देखिन्छ ।

एकातिर तरकारीको मुल्य नै नहुनु, अर्को तिर उत्पादित तरकारी बजार गईनपुग्न नेपाली कृषकहरु यतिबेला मारमा परेकाे यथार्थ रहेको छ । हामी सुन्छाै पनि भारतबाट कति टन तरकारीहरु नेपालमा आयात भयाे रे ? स्वदेशमै उत्पादित तरकारीहरु मूल्य पनि नपाउनु र बजार पनि नपाउनु तर भारतीय तरकारीहरु नेपाल भित्रिएर एक्लै राज गर्नु कस्ताे विडम्बना ?

नेपाली कृषकका लागि यस्तो समस्या छदैछ तर डाेकाेमा पसिना चुहाएर गाउँ- गाउँ , घर- घरमा तरकारी विक्री वितरणमा जादा मान्छेहरु ५ रुपैयाँ महङ्गो भयाे भनेर नाक खुम्चाउन थाल्छन । हामीले भारतीय तरकारी जति पनि खान्छाै र मुल्य जति छ त्याे पनि खरिद गरिहाल्छाै। ती तरकारीहरु के कसरी उत्पादन भए , भारतबाट कुन ठाउँ , कहाँबाट आए त्यसकाे हामी अध्ययन गर्दैनौं ।

त्यसमा नेपाल सरकारले पनि चेकजाँच गर्दैन रे भन्ने पनि हामी सन्छाै तर स्वदेशमा उत्पादित , ताजा, अग्रानिक किसिमका तरकारी खरिद गर्न र खान हामी पछि हट्छाै । रु.५/१० त बढि नै हाेला , महङ्गो भयाे भनेर हामी खरिद गर्न अस्वीकार गर्छाै । घर-घर,गाउँ-गाउँ पसिना चुहाएर डाेका डाली बाेकेर हिडिरहेकाे एक कृषक सँग बार्गेनिङ गर्न हामी थालिहाल्छाै ।

स्वदेशी उत्पादन प्रति माया, स्नेह, स्वाभिमान , प्राथमिकता र नेपाली कृषकहरुलाई हाैसला, उत्साहित गराउन हामी केही पछि हटेकै अनुभुती भईरहेकाे छ । अर्को तिर नेपाल सरकार वा स्थानीय सरकारले समेत तरकारीकाे उचित मूल्य र बजार व्यवस्थापनमा ढिलाइ सुस्ति गरिरहेकाे पनि देखिन्छ । नेपाल सरकारले कृषि क्षेत्रलाई पहिलो प्राथमिकता राख्नु मात्रै नभई उचित मूल्य र बजारकाे राम्रो व्यवस्थापन गर्न अहिलेकाे ठुलाे अावश्यकता रहेकाे देखिन्छ। सरकारले कृषकहरुलाई जति अनुदान दिएता पनि, जति पुरस्कार हाैसला उत्साहित प्रदान गरेता पनि मूल्य र बजारकाे राम्रो प्रवन्ध छैन भने त्याे त्यति प्रभावकारी र महत्त्वपूर्ण नरहेको सहजै बुझ्न सकिन्छ ।

त्यसैले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारले यस प्रति गम्भीर ध्यान दिन सके नेपालमा कृषि क्षेत्रले छर्लङ्ग मारेकाे हामी छिट्टै देख्न पाउनेे छाै । जय कृषि

प्रतिक्रिया दिनुहोस